राजधानीमा निःशुल्क इन्टरनेट 

२०७४ भदौ ९ गते ०९:३२ मा प्रकाशित


९ भदौ, काठमाडौं । सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको आजको नागरिक दैनिकमा खबर छ ।

सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । ‘सो क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेट कनेक्टिभीटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढेको छ,’ प्राधिकरणका प्रमुख प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘सो क्षेत्रमा नेटवर्क विस्तार गर्न इच्छुक कम्पनीको आवेदन माग गरिएको छ ।’


प्राधिकरणले सो क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क विस्तार गर्न इच्छुक कम्पनीले २ असोजसम्म आवेदन दिनसक्ने गरी ४ भदौमा सूचना निकालेको छ ।

You may also Like this

थप समाचार

टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)
टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला ...

सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड
सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड

१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ...

पाँच हजार विद्यालय अझै अलपत्र !
पाँच हजार विद्यालय अझै अलपत्र !

भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्।तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने ल ...

समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ
समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ

केटिएम खबरको विशेष सम्वादमा विट्स एकेडेमी तथा समसामयिक शिक्षा केन्द्रित कुराकानी गर्दै विट्स एकेडेमी उच्च मा.वी.का संस्थापक प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...