आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई

२०७५ बैशाख १९ गते १०:१५ मा प्रकाशित


buddha air

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात्रै यसले त्रिभुवन विमानस्थलबाट २९ हजार ६ सय ७२ पटक उडान भरेर १२ लाख ६८ हजार यात्रुलाई सेवा दिएको छ ।

 

त्रिभुवन विमानस्थलले दिएको जानकारीअनुसार सन् २०१७ मा यसले आन्तरिक उडानतर्फ सबैभन्दा बढी यात्रुलाई सेवा दिएको छ । सन् २०१६ मा बुद्ध एयरले १० लाख ११ हजार ४ सय ७१ जनालाई त्रिभुवन बिमानस्थलबाट सेवा दिएको थियो । सन् २०१६ को तुलनामा गत वर्ष यसले दुई लाख भन्दा बढी यात्रुलाई सेवा दिएको छ ।

बुद्ध एयरपछि त्रिभुवन बिमानस्थलबाट सबैभन्दा बढी उडान गर्ने कम्पनी यती एयरलाइन्स हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दिएको जानकारीअनुसार यती एयरलाइन्सले ५ लाख ५४ हजार ७ सय ४५ जना यात्रुलाई सेवा दिएको छ । र, विमानस्थलबाट २० हजार १ सय १२ पटक उडान भरेको छ ।

यती एयरलाइन्सले गत वर्ष भने १८ हजार १ सय ९० पटक उडान भरेर ४ लाख ८६ हजार यात्रुलाई सेवा दिएको थियो ।

सरकारी वायुसेवा कम्पनी नेपाल एयरलाइन्सको भने बजार हिस्सा अपेक्षा अनुरुप वृद्धि हुन सकेको छैन । जहाजहरु थपे पनि पाइलट अभावका कारण बिमान नउडाई राखेपछि यसको बजार हिस्सा बढ्न नसकेको हो ।

नेपाल एयरलाइन्सले खरिद गरेका ४ वटा चिनियाँ जहाज अहिले उडान नभरी बसेका छन् । पाइलट अभावका कारण जहाज उडाउन नसकिएको नेपाल वायुसेवा निगम बताउँछ ।

त्रिभुवन विमानस्थलका अनुसार सन् २०१७ मा यसले ९५ हजार १ सय २० यात्रुलाई सेवा दिएको छ । सन् २०१६ मा यसले ४८ हजार १ सय २० जना यात्रुलाई त्रिभुवन विमानस्थलबाट सेवा दिएको थियो ।

निजी विमान कम्पनी सौर्य एयरलाइन्सले सन् २०१७ मा १ लाख ८२ हजार यात्रुलाई सेवा दिएको छ । सन् २०१६ मा भने यसले ९० हजार २ सय ५ जना यात्रुलाई सेवा दिएको थियो ।

त्रिभुवन बिमानस्थलले सन् २०१७ मा आन्तरिक तर्फ २४ लाख यात्रुलाई सेवा दिएको जानकारी दिएको छ । सन् २०१६ मा त्रिभुवन विमानस्थलबाट १७ लाख ५७ हजार यात्रुले सेवा लिएका थिए । अनलाइन खबरबाट

You may also Like this

थप समाचार

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता
५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता

काठमाडौँ ५० देशको सुन्दरी प्रतियोगिता दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालबाट युनिता खत्रीले सहभागीता जना ...

विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !
विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...