६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न

२०७५ बैशाख ५ गते १७:०९ मा प्रकाशित


flora expo

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि  ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साँथ गत चैत ३० गते देखि सुरु भएको २१औं फ्लोरा एक्स्पो ६२ लाख बराबरको कारेवार गर्दै सम्पन्न भएको छ । पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सम्पन्न भएको उक्त एक्स्पो करिव ६० हजार भन्दा वढिले अवलोकन गरेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारि दिए ।

उक्त एक्स्पोमा नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प बिकास केन्द्रको सहकार्य रहेको मेलामा १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्याण्डस्केपिङ्गका स्टल, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल रहेका  थिए । त्यसैगरि, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष समेत राखिएको एसोसिएसनका अध्यक्ष कुमार कसमु श्रेष्ठले जानकारि दिए ।

श्रेष्ठका अनुसार मेलामा बहुवर्षे फुलहरु, फलफूलका विरुवा, सिजनल विरुवा वढि विक्री भएका छन । त्यस्तै, नर्सरिमा आवशयक पर्ने औजारहरु तथा प्राङंगारिक मलको पनि विक्रि वढि भएको छ । हरेक वर्ष एक्स्पो आयोजना हुदै आएपनि यसपालिको मेला ढिलो सञ्चालन भएकाले नयाँ वर्ष तथा अन्य चांडपर्वहरुले गर्दा अपेक्षा अनुसार व्यापार तथा परुगति हुन नसकेको व्यावसायीहरुले गुनासो गरेका छन । फूलको उतपादन वढेपनि वजारिकरणको लागि प्रदर्शनी स्थलको अभावले तथा विक्रि केन्द्रको अभावले उचित प्रचार प्रसार हुन सकेको पुष्प व्यावसायीहरुले बताएका छन । पुष व्यावसायको विस्तारको लागि तथा फूलमा नेपाललाई आत्म निर्भर वनाउने भन्दै सरकारले अनुदान दिने गरेको भएपनि व्यावसाय विस्तार गर्न काठमाडौं भन्दा वाहिरको जग्गा धितो राखेर ऋण लिन नपाएको कारण व्यावसाय विस्तार गर्न नसकेको व्यावसायीहरु बताउछन । 

नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रित नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका क्षेत्रमा विस्तार भईसकेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । एसोसिएसनका अनुसार गत आब २०७३÷७४ सम्म आई पुग्दा ४१ जिल्लामा लगभग ६ सय ७८ ठाँउमा १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेति भईरहेको छ, भने करिव ४३ हजार भन्दा बढिले यस क्षेत्रवाट रोजगारी पाएका छन । गत वर्षमा मात्र १ अर्व भन्दा बढिको कारोबार गर्न सफल भएपनि आब २०७३÷७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ । 

 

You may also Like this

थप समाचार

कांग्रेस नेता सिंह र पूर्व राजा शाहको भेटको तस्बिर सामाजिक संजालमा भाइरल ।
कांग्रेस नेता सिंह र पूर्व राजा शाहको भेटको तस्बिर सामाजिक संजालमा भाइरल ।

काठमाडौँ । यतिखेर सामाजिक संजालमा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसँग ग ...

काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछापका एक युवक पक्राउ

कार्तिक २८, काठमाडौं – काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका २ ...

‘नवौं चाइल्ड आइकन’ को उपाधि युरो स्कुलकी सुएलेनलाई
‘नवौं चाइल्ड आइकन’ को उपाधि युरो स्कुलकी सुएलेनलाई

२८ कात्तिक, काठमाडौँ । मेडियाल्यान्डले आयोजना गरेको ‘नवौं चाइल्ड आइकन’ मंगलबार राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भए ...

गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

२८ कात्तिक, गोरखा । गोरखा नगरपालिका-११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...