११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने

२०७४ असोज २३ गते २०:४३ मा प्रकाशित


puspa mela

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा शुभ दीपावलीको अवसर पारी ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ । ११औँ तिहार लक्षित प्रदर्शनी यँही असोज २६ गते देखि २९ गते असोजसम्म सञ्चालन हुनेछ । उक्त मेलामा गोदावरीका विभिन्न ४ ओटा जात समेटेर यो प्रतियोगीता पनि सम्पन्न हुन लागेको मेला संयोजक पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको वर्तमान उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी गराए ।
तिमिल्सिनाले भने “पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूलहरूलाई आमजनमानसलाई देखाउन र गुणस्तरीय फूलको व्यापार गर्नका लागि यो प्रदर्शनी गर्न लागेका हौँ । प्रतियोगितात्मक प्रदर्शनी भएकोले ४ जातका गोदावरी फूल राखेर प्रतिष्पर्धा गराउनका लागि एउटा छुट्टै स्टल रखिने छ । फूल व्यवसायीहरूमा जसले मिहिनेत गरेर राम्रो उत्पादन गरेका छन, उनीहरूलाई अझैँ प्रोत्साहित गर्न पुरस्कार पनि दिइन्छ” । नेपालको लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकियोस तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्न सकियोस भन्ने यस मेलाको उद्देश्य रहका आयोजक ले जनाएको छ ।
मेला आयोजक कमिटी गठन गरि अवार्ड बनाउने, चौर, टेन्ट, पानी, बत्ती व्यवस्थापनका लागि भनेर सबैलाई कामको बाँडफाँड गरेर प्रदर्शनीको तयारी हुदैछ । मेलामा व्यावसायिक स्टलहरू ४४ ओटा, अफिसियल स्टल ४ ओटा, बाँकी एउटा गरेर जम्मा ४९ ओटा स्टल रहने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएकोछ छ ।

 

You may also Like this

थप समाचार

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता
५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता

काठमाडौँ ५० देशको सुन्दरी प्रतियोगिता दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालबाट युनिता खत्रीले सहभागीता जना ...

विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !
विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...