एभरेष्ट बैंक कर्मचारी संगठनको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा आचार्य चयन

२०७४ फागुन ८ गते १३:०८ मा प्रकाशित


everest bank employer union (2)

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ट्रेड युनियन एभरेष्ट बैंक कर्मचारी संगठनको चौथो राष्ट्रिय महाधिवेशन यही फागुन ५ गते शनिबार होटल आर्किडमा सम्पन्न भएको छ ।
चौथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चन्द्रमणी आचार्य, उपाध्यक्ष बिपिन कोइराला, महासचिव हरेराम मिश्र, सचिव प्रमेसराज बिष्ट, कोषाध्यक्ष बिज्ञदर्शन आचार्य, केन्द्रिय सदस्यहरुमा बिपिन गुरागाइ, स्वस्ती चौधरी, सरोज सापकोटा, सरोज भण्डारी, नवीन पौडेल तथा बैकल्पिक केन्द्रीय सदस्यहरुमा लीला बहादुर श्रेष्ठ, लब बिष्ट, श्याम सुन्दर रुपाखेती चयन भएका छन ।
कर्मचारी संगठनका अध्यक्ष जय कुमार थापा र प्रमुख अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा संयुक्त रुपमा चौथो राष्ट्रिय महाधिवेशनको उद्घघाटन गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सोमश्वर सेठले संस्था रहे संगठन रहने र बलियो र अनुसासित संगठन भए संस्था पनि राम्रोसँग अगाडि बढ्ने कुरा बताएका थिए ।

everest bank employer union (1)
कर्मचारी संगठनका अध्यक्ष श्रीजय कुमार थापाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य उच्च पद्स्थ कर्मचारीहरु लगाएत विभिन्न संघ संगठन तथा नेपाल रास्ट्र बैंक र श्रम कार्यलयबाट पाल्नु भएका अतिथिहरुले महाधिवेशन सफलता शुभकामना व्यक्त गरेका थिए ।
चौथो महाधिवेशनको बन्द सत्रले महासचिव द्वारा प्रस्तुत सांगठनिक प्रतिबेदन एबं कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन पारित गरि आगामी कार्यकालको लागि संगठनका बर्तमान अध्यक्ष जय कुमार थापालाई संगठनको बरिष्ठ संस्थापक केन्द्रिय सदस्यमा चयन गरिएको छ ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...