‘डिभी’का लागि आवेदन खुल्यो, घरबाटै यसरी भर्न सकिन्छ

२०७५ असोज १८ गते २०:०६ मा प्रकाशित


काठमाडौं । सन् २०२० का लागि अमेरिका जाने भाग्यचिट्ठा ‘डाइभर्सिटी भिसा ‘(डिभी) को बुधबार रातिबाट आवेदन खुला भएको छ ।

आवेदन भर्न नेपालस्थित अमेरिकी राजदूतावासले सूचना जारी गरेको छ । दूतावासका अनुसार २०२० का लागि डिभीको आवेदन बुधबार राति ९ः४५ बजेबाट नै खुला भएको हो । आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने जनाइएको छ ।

 DV-2020

धेरैले डिभी भर्ने केन्द्र र पसलहरुमा गएर शुल्क तिरेर भर्ने गरेका छन् । तर डिभी भर्न कुनै पनि शुल्क नलाग्ने अमेरिकी दूतावासले जनाएको छ । यसका लागि कसरी भर्ने भन्नेबारे समेत दूतावासले गाइड गरिरहेको छ ।

 

दूतावासले आवेदनका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने र कुनै कन्सल्टेण्टको सहयोग समेत नलिन आग्रह गरेको छ । आफैँले डिभी भर्ने सजिलो तरीका डिभी लोटरीको वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ, साथै यही वेब पेजबाट सम्पूर्ण आवेदन फारम भर्नुपर्नेछ । डिभी भर्नका लागि यहाँ क्लिक गर्नुहोस्, त्यसपछि तलको चित्रमा देखाएजस्तै वेब पेज खुल्नेछ ।

 DV-20 1

त्यहाँ DV-2020 Instructions मा क्लिक गरेर गाइडिङ बुझ्न सक्नुहुन्छ, Photo Examples मा गएर कस्तो फोटो स्वीकृत हुन्छ र कस्तो अस्वीकृत हुन्छ भन्ने आफैँ बुझ्न सक्नुहुन्छ । आजकाल बाटैघाटै डिभी भर्नेहरुले पैसा मात्र असुल्छन् र फोटोलगायत अन्य कुरामा ध्यान पुर्याएका हुँदैनन् ।

 DV-2020-3

सबै कुरा बुझेपछि Begin Entry  लेखेको हरियो बटनमा जानुहोस्, अनि एउटा क्याप्चा आउनेछ । सो क्याप्चा पूरा गरेपछि फारममा माग भएअनुसारको सबै विवरण अपलोड गर्नुहोस् । यसबेला विवाहितहरुले आफ्नो श्रीमान्/ श्रीमती र अविवाहित छोराछोरीसहितको फोटो र विवरण अपलोड गर्नुपर्नेछ ।

फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्नेछ । फोटोमा आवश्यक नियम मिलेन भने तपार्इको आवेदन रद्द हुन सक्छ । अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा पनि अयोग्य ठहरिनेछ ।

फारम ‘सबमिट’ भएपछि सफल भएको सन्देश आउनेछ र सोसँगै कन्फरमेशन नम्बर आउनेछ, जसलार्इ सुरक्षित राख्नेपर्छ । पछि डिभीको नतिजा जाँच गर्दा सोही कन्फरमेशन नम्बर आवश्यक पर्छ ।

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...