माध्यमिक शिक्षा सुधार परियोजना सञ्चालनमा

२०७४ असोज ७ गते १७:५५ मा प्रकाशित


scchool७ असोज, सल्लेरी । गुणस्तरीय शिक्षाको विकास, विद्यालय सुशासन र त्यसको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले सोलुखुम्बुमा “माध्यमिक शिक्षा सुधार परियोजना” सञ्चालनमा आएकोे छ ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ९रिड नेपाल० ले पहिलो चरणमा जिल्लाका सात माध्यमिक विद्यालयमा यो परियोजना सञ्चालन गरिएको परियोजनाका शिक्षा विकास संयोजक तोयाप्रसाद अम्मैले जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत विद्यालय व्यवस्थापन र सुशासनका विषयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक सङ्घका पदाधिकारी र विद्यालयका प्रधानाध्यापकलाई तालीमको व्यवस्था गर्ने, शिक्षकको मूल्यांकन गर्ने, विद्यालयमा पुस्ताकालयको व्यवस्थापन गर्ने तथा विद्यालयको योजना, अनुगमन र मूल्यांकन प्रक्रियालाई बढी प्रभावकारी बनाउने खालका कार्यक्रम सञ्चालन गरिनेछन् ।

विद्यालयमा पुस्तकालयको स्थापना र त्यसको उचित व्यवस्थापन गरी बालबालिकालाई पुस्तकालयमा गएर अध्ययन गर्ने बानीको विकास गराउनमा समेत परियोजनाले सहयोग गर्नेछ ।

परियोजना लागू भएका सात वटै विद्यालयमा अभिभावकको संलग्नतामा दैनिक सहयोग तथा अनुगमन समिति गठन गरिसकिएको रिड नेपालले जनाएको छ ।

हिमालयन ट्रष्ट न्यूजिल्याण्डको आर्थिक सहयोगमा शुरु भएको यो परियोजना हालका लागि एक वर्षे अवधिको हुने संयोजक अम्मैले जानकारी दिनुभयो ।

केदार माध्यमिक विद्यालय नेचा, सिंहकाली माध्यमिक विद्यालय तिङला, गार्मा माध्यमिक विद्यालय गार्मा, जन जागृति माध्यमिक विद्यालय सल्लेरी, चाँगेस्थान माध्यमिक विद्यालय केरुङ, वीरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङ र छेस्काम माध्यमिक विद्यालय छेस्काममा यो परियोजना सञ्चालन भएको रिड नेपालले जनाएको छ । रासस

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...