दोब्बर सुविधा लिनेमा स्थानीय तहका जनप्रतिनिधि पनि

२०७५ पुस १३ गते ०९:२३ मा प्रकाशित


गौरादह । झापाको गौरादह नगरपालिकाको कार्यपालिकामा अल्पमत र बहुमतका कारण विवाद उत्पन्न भएको छ। नगरप्रमुखले कार्यपालिकामा ल्याएका प्रस्ताव अल्पमतका कारण पारित हुँदैनन् भने बहुमत पक्षीय सदस्यले ल्याएका प्रस्ताव नगरप्रमुखले स्वीकृत गर्दैनन्।

विवाद भएकै कारण राजपत्र प्रकाशनको कामसमेत हुन नसकेको अवस्थामा जनप्रतिनिधिकाे सेवा-सुविधा बढाउने विषयमा भने दुवै पक्ष सहमत भएका छन्। आर्थिक वर्ष २०७५\०७६ को चालू खर्चअन्तर्गत नगरसभाबाट आफैँ पास गरेर घुमाउरो बाटोबाट उनीहरूले आर्थिक लाभ लिने गरेको देखिएको छ। 

नगरसभाले पदाधिकारीको पारिश्रमिक तलब भनेर प्रदेश ऐनअनुसार ३७ लाख २० हजार रुपैयाँ तोकेर निर्णय गरेको छ। प्रदेशले पदाधिकारीको पारिश्रमिक मनलागी तोक्न नपाउने व्यवस्था गरेपछि उनीहरूले नगरको अनुमानित चालू खर्चको बजेट विनियोजनमा घुमाउरो बाटो अपनाएर सुविधा बढाउन चलाखी गरिएको छ।

आर्थिक वर्ष ०७५\७६ का लागि नगरसभाबाट पास गरिएको अनुमानित चालू खर्चको तथ्यांकअनुसार पदाधिकारी बैठकभत्तामा ३५ लाख, पदाधिकारीको अन्य सुविधा खर्चमा आठ लाख, इन्धन पदाधिकारी शीषकमा १४ लाख, जनप्रतिनिधि क्षमता अभिवृद्धि तालिमका नाममा चार लाख, पदाधिकारी अवलोकन भ्रमणमा सात लाख र अनुगमन/मूल्यांकनमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। याे खबर गोरखापत्रमा छ।

You may also Like this

थप समाचार

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ
जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन, २० पुस : पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ म ...

टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)
टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस कलेजले बिबिएस, बिबिए र बिएसडब्लुमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं ओरिन्टेशन ...

‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ
‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

काठमाडौँ, १८ पुस  : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार ...

विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली
विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...