यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

२०७५ असार ८ गते १४:०२ मा प्रकाशित


काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्षका युवा विद्यार्थीहरुका लागी लक्षित १६ दिने कार्यक्रम सम्पन्न भएको छ ।

Youwanilkantha
काष्ठमण्डप विद्यालयको हलमा सम्पन्न कार्यक्रममा सहभागीहरुले ‘विकाशोन्मुख मुलकमा वातावरण संरक्षण भन्दा पुर्वाधार निर्माण प्राथमिकता हुनुपर्छ’ भन्ने विषयमा पक्ष र विपक्षमा बहस समेत गरेका थिए।
त्यस लगत्तै, तालिम पश्चात गठित ४ वटा समुह हरुले १० दिनमा गरेका सामाजिक सोध बाट पत्ता लागेका विषयहरु प्रस्तुत गरेका थिए। ‘बूनपाका युवा उद्यमशिलताको लागी चुनौति र अवसर’ , ‘बूनपाको संस्कृति र सम्पदाको अवस्था र लगानि’, ‘स्थानीयहरुको स्वास्थ्य चौकीको प्रयोग दर र स्वास्थ्य चौकीको अवस्था’ र ‘बूनपामा फोहोर संकलन र व्यवस्थापनको अवस्था’ गरी चार वटा सोधपत्रहरुको प्रस्तुतिकरण गरीएको थियो।
प्रस्तुतिकरण पश्चात उक्त सोध पत्रको रिपोर्ट नगर प्रमुख उद्धव प्रसाद खरेललाई प्रत्येक समुहले हस्तान्तरण गरेको थियो।
कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै सहभागीहरुले आफ्नो स्थानीय सरकारले युवा विद्यार्थिलाई सम्झिएर आफुमा परिवर्तन गराउन सफल भएको र आफु पनि स्थानीय सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै अनुभव साटेका थिए।
कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख उद्धव प्रसाद खरेलले ‘युवानिलकण्ठ’ नगरपालिकाको आफ्नो ब्राण्ड भएको र युवाहरुलाई खेलकुद, तालिम सँग(सँगै सोध पनि सिकाउने र नगरका समस्या पहिचान सँगै समाधानमा युवा अनुभव आउने भएकोले यस कार्यक्रमलाई अर्को आ।व मा पनि निरन्तरता दिने बताउनु भएको थियो।
उनले, यस कार्यक्रमको नाम प्रति केही असन्तुष्टी आफु समक्ष पनि पोखिएको बताए। तर, काठमाण्डौको सट्टा वुडमाण्डौ, फुडमाण्डौ, धुलो माण्डौ, मास्कमान्डौ नाम प्रयोग भएको भन्दै बूढानिलकण्ठ को सट्टा पनि युवा मैत्रि नाम स्वरुप ‘युवानिलकण्ठ’ नाम राखिएको प्रष्टोक्ति दिएका थिए। साथै, यस कार्यक्रम औपचारीक रुपमा सकिए पनि युवानिलकण्ठका प्रत्येक सहभागीको वास्तविक काम बल्ल सुरु भएको भन्दै उनिहरुलाई सद्भावना दुतको रुपमा नगरपालिका सँग सहकार्य गर्न आव्हान गर्नु भएको थियो।
डिबेट नेटवर्क नेपालका अध्यक्ष राज खरेलले धन्यवाद ज्ञापन गर्दे नगरपालिका, सहभागी, प्रशिक्षक, स्थान उपलब्ध गराउनु हुने र समाचार सम्प्रेषण गर्नुहुने सम्पुर्ण अनलाईन तथा टेलिभिजनलाई समेत धन्यवाद दिएका थिए। उनले बूढानिलकण्ठ नगरपालिकाले प्राज्ञिक काम गर्दै सोधमा आधारीत कार्यक्रम नेपालमा नै नौलो भएको र यसको लागी बूढानिलकण्ठ नगरपालिका परिवार बधाईको पात्र भएको बताए। जम्मा ५ लाख मात्रै बजेट हुँदा पनि यस कार्यक्रमले स्थानीय मात्र नभई राष्ट्रिय स्तरमै चर्चाको विषय भएको अध्यक्ष खरेलले बताएका थिए।
१६ दिने कार्यक्रमको समापनमा सहभागीहरुलाई नगरपालिका र डिएनएन को तर्फ बाट संयुक्त प्रमाण पत्र प्रदान गरीएको थियो।
कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, १३ वटै वडाका वडा अध्यक्ष, प्रशिक्षक तथा सञ्चारकर्मी हरुलई आमन्त्रण गरीएको थियो।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले डि.एन.एन.का अध्यक्ष राज खरेलसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...