धुर्मुस-सुन्तली फाउण्डेसनद्धारा राहत वितरण, वितरण समारोहमा धुर्मुसले यसो भने...

२०७४ भदौ ६ गते १६:५४ मा प्रकाशित


dhurmus-suntali६ भाद्र, सिन्धुली। सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ ।

कमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत्ताकपडालगायत घरयासी दैनिक आवश्यकपर्ने सामग्री प्रदान गरेको फाण्डेशनका प्रोपाइटर सीताराम कट्टेल (धुर्मस)ले बताउनुभयो ।

राहत वितरणअघि होटल व्यवसायीले गरेको स्वागत कार्यक्रममा धुर्मसले देशमा अहिले विपत्ति परेको अवस्थामा सबै नागरिक एक ढिक्का भएर देश विकासमा लाग्न आवश्यक छ भन्नुभयो ।

परिवारका सदस्य गुमाउनुपर्दाको पीडामा रहेका व्यक्तिलाई सहयोग आवश्यक रहेकाले सज्जन नागरिकले सामाजिक सेवा र मानवीय धर्म निर्वाह गर्नुपर्ने बेला आएको चर्चा गर्दै उहाँले भूकम्पको घाउमा खाटा नबस्दै प्रकृतिले अर्को विपत्ति थपिदिएकाले सबै नागरिक एक भएर विपत्तिको सामना आग्रह गर्नुभयो ।
आफ्नो पेशालाई थाती राख्दै सामाजिक कार्य गर्दैआएको छु भन्दै धुर्मुसले जोड दिनुभयो, “म एउटा देश विदेशमा परिचित कलाकार हुँ, मलाई धुर्मुस भनेर नचिन्ने यो देशमा सायदै कम होलान, तर डोकामा ढुंगा र माटो बोकेर सेवारत हुँदा सायद तपाईहरुलाई लाग्ला पहिचानका लागि तर कलाकारिता मै मैले पहिचान बनाइएकेको छु अब देश र समाजका लागि युवाले केही गर्ने बेला आएको छ । सामाजिक कार्य भनेको सेवा हो, पेशा हैन हामी सबै मिल्यौ भने नेपाल आफैमा सक्षम भएको देखाउन सक्नेछौ ।”

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...