यसकारण छाडेँ मैले माओवादी

२०७३ साउन २० गते १८:२६ मा प्रकाशित



rayamajhi_2पूर्व सचिवः अखिल क्रान्तिकारी
माओवादी केन्द्रमा काम गर्नेको भन्दा नेताका नजिककाहरूलाई अगाडी सारिने गरिएका छन् । अझ काभ्रेमा यो परम्पराकै रूपमा चलेको छ । केही वर्ष अघिदेखी केही साथीहरू यसको मार भोग्दै आएका छन् । इतिहास साक्षी छ । काभ्रेमा अखिल क्रान्तिकारीका अध्यक्ष बन्ने सपना बोकेर काम गर्नेहरूलाई पछाडी पार्दै खोजेर ल्याएर समेत अध्यक्ष बनाएको थाहा छ मलाई ।

मैले पार्टी त्याग गरेको कुरा आम संचारका माध्यम फेसबुकबाट जानकारी गराएको छु । अबका दिनमा मेरो नेकपा माओवादी केन्द्र र यसका भातृ संगठन सँग कुनै पनि सम्बन्ध नरहेको जानकारी गराउँदछु । म पद नपाएर पार्टी छोड्ने प्रवृतिको मान्छे हैन । मैले सधै पार्टीलाई दिदैं मात्र आएको हुँ । पार्टीबाट मैले कुनै स्वार्थ पुरा गरेको छैन । पार्टी भनेको संगठनमा लागेकाहरुलाई नेतृत्व प्रदान गर्दै जिम्मेवारीका साथ अगाडि बढाउनु पर्ने थियो । मैले पार्टीका नेताहरुलाई बारम्बार भनेको थिए । पार्टीलाई सिस्टममा चलाउँ । टिके प्रथाले पार्टी र कार्यकर्ताको भलो गर्दैन त्यसैले काम गर्ने क्षमतालाई मध्यनजर गर्दै नेतृत्व दिँदै जाउँ भनेको हो उहाँहरुले मान्नु भएन । मलाई लाग्यो जहाँ विचारको कुनै सम्मान हुँदैन त्यहाँ बस्नुको कुनै अर्थ छैन । पार्टीमा लागेर जिवनका उर्जाशिल समय खर्चेका साथीहरुको मन चिढिएको अवस्थामा म मात्रै बसेर कुनै अर्थ छैन भन्ने लाग्यो स्वस्र्फुत रुपमा पार्टी परित्याग गरें । साथीहरुले भन्दै हुनुहुन्थ्यो एकै पटक परित्याग गरौं भनेर । जब मेरो मनमा एक छिन पनि बस्ने चाहना भएन मैले तुरुन्तै सामाजिक संजाल मार्फत पार्टी त्यागेको घोषण गरे ।
म जती बेला सम्म पार्टीमा लागें मन, वचन, कर्मले लागें । तन, मन, धन सबै लगाएर हिड्ने मान्छे हु म । पार्टीको नाममा रकम अशुल्ने संस्कार भएको मान्छे हैन, पार्टीलाई दिएको चन्दाको लिस्टनै छ म सँग । जहाँ संस्कार हुँदैन त्यहाँ विकास सम्भव छैन । एक समय पार्टी सिस्टममा चल्थ्यो । तर आज जसको शक्ति उसको भक्ति भएको छ । पार्टी भित्र नाताबाद कृपाबाद चलेको छ । कार्यमूल्याङकन हुन छोडे पछि झुन्डमा बस्नुको कुनै अर्थ छैन भन्ने लाग्यो । मैले पार्टी छोड्दै गर्दा केही मेरा कुरा भन्दै गर्दा असन्तुष्टि आयो भन्ने आम मानिसमा लाग्नु स्वभाविकै हो । यसलाई म स्विकार्छु तर दैलो भनेर स्याहार सुसार गरेको हो चर्पि भन्ने थाहा भए पछाडि किन बस्नु रु बुझेर पनि बसें भने त मेरा शुभचिन्तक साथीभाईहरुले मलाई गाली गर्नेछन् । मैले मात्रै छोडें भन्ने लागेको होला तपाईलाई केहि दिन भित्रै माओवादी केन्द्रमा पार्टी छोड्नेहरुको भिड लाग्ने छ ।
देश विकास गर्ने हो भने पहिलो कुरा संस्कारको विकास गर्नु आवश्यक छ । राजनिती भनेको विचार र संस्कारबाट अघि बढ्ने कुरा हो । मेरो नेकपा माओवादी केन्द्रमा छँदा पनि अली फराकीलो तरिकाले सोचौं प्रतिस्पर्धालाई प्रजातान्त्रिक ढंगले अगाडि बढाऔं भन्ने सोच राख्दथे । मलाई स्वतन्त्र पूर्वक अभिव्यक्ति राख्दै अगाडि बढ्ने चाहना छ । धेरैले माओवादी केन्द्र छाडे पछि आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । तर जुन पार्टीमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ, जहाँ लोकतन्त्रिक मूल्य र मान्यतालाई अगाडि बढाउँदै विचारको कदर हुन्छ त्यो पार्टीमा सायद मेरो झुकाव रहला ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...