नेपाली सोसाइटी अफ नर्थन ताजमानियाको ‘ अभिभावकहरुको परिचयात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम’ सम्पन्न

२०७५ असोज ३० गते २३:५७ मा प्रकाशित


Nepali Socity of  nothen tajaniya (7)

१० असोज–ताजमानिया ,अष्ट्रेलिया । नेपाली सोसाइटी अफ नर्थन ताजमानियाले बडा दशैँको अवसरमा ‘नेपाली अभिभावकहरुको परिचयात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम’ रिभरसाइड टेलरेस पार्कमा भव्यताका साथ सम्पन्न गरेको छ ।

Nepali Socity of  nothen tajaniya (1)

अष्ट्रेलियामा रहेका नेपालीहरुका आमा–बुबाहरुलाई छोरा, छोरीहरुको काम र अध्ययनको ब्यस्तताले एकान्त अनुभव हुने, कुराकानी गर्न नचिनेकोले कठिनाई भइरहेको कुरालाई मध्यनजर गर्दै कार्यक्रमको माध्यमबाट आमाबुबालाई चिनजान गराई आउने दिनहरुमा आत्मियताको भावना विकास गर्नु र बिजया दशमी, दिपावली, नेपाल सम्वत तथा छैँठ पर्वको शुभकामना आदाप्रदान गर्ने उद्देश्यले ‘नेपाली अभिभावकहरुको परिचयात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम’ को आयोजना गरिएको कार्यक्रम संयोजक तथा कार्यक्रम सञ्चालक ओम कुमार मगरले बताउनु भयो ।

Nepali Socity of  nothen tajaniya (2)
कार्यक्रममा बोल्दै सोसाइटी अफ नर्थन ताजमानियाको अध्यक्ष सन्तोष अधिकारीले कार्यक्रमले अष्टे«लियमा छरिएर रहेको नेपालीहरुलाई एक ठाउँमा केन्द्रित गर्ने र अझ एकताको भावनाको विकास गर्ने बताउनु भएको थियो भने बिजया दशमीको शुभकामना समेत दिनु भएको थियो ।

Nepali Socity of  nothen tajaniya (3)
यस्तै सोसाइटी अफ नर्थन ताजमानियाकी कोषाध्यक्ष कला पाठकले स्वागत मन्तब्यमा बोल्दै सम्पुर्णलाई स्वागत गरेकी थिइन् ।

Nepali Socity of  nothen tajaniya (7)_1
सदस्य सन्तोष पोखरेलले कार्यक्रमको भौतिक ब्यवस्थापनमा संयोजन गरेका थिए ।

Nepali Socity of  nothen tajaniya (6)
कार्यक्रममा बिभिन्न ११ खेल खेलाईएको थियो । जसबाट विजयीलाई पुरस्कृत गरिएको थियो । विजेता हुने अभिभावहरुलाई पुरस्कार प्रदान गर्दा कार्यक्रमको माहोल थप उत्साहित र खुशी भएको थियो ।

Nepali Socity of  nothen tajaniya (4)

Nepali Socity of  nothen tajaniya (8)

You may also Like this

थप समाचार

कांग्रेस नेता सिंह र पूर्व राजा शाहको भेटको तस्बिर सामाजिक संजालमा भाइरल ।
कांग्रेस नेता सिंह र पूर्व राजा शाहको भेटको तस्बिर सामाजिक संजालमा भाइरल ।

काठमाडौँ । यतिखेर सामाजिक संजालमा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसँग ग ...

काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछापका एक युवक पक्राउ

कार्तिक २८, काठमाडौं – काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका २ ...

‘नवौं चाइल्ड आइकन’ को उपाधि युरो स्कुलकी सुएलेनलाई
‘नवौं चाइल्ड आइकन’ को उपाधि युरो स्कुलकी सुएलेनलाई

२८ कात्तिक, काठमाडौँ । मेडियाल्यान्डले आयोजना गरेको ‘नवौं चाइल्ड आइकन’ मंगलबार राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भए ...

गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

२८ कात्तिक, गोरखा । गोरखा नगरपालिका-११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...