२ दिने दन्त शिविर सम्पन्न

२०७४ माघ ९ गते ००:१८ मा प्रकाशित


Dental checkup (1)

निमा गेल्वु शेर्पा । नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएशन द्धारा आयोजना गरिएको मुख स्वास्थ्य शिविर पौष २८ र २९ गते शिवपूरी–०६ नुवाकोटमा सम्पन्न भएको छ । मुख स्वास्थ्य नै सम्पूर्ण स्वास्थ्यको पहिलो आधार भएकोले मुख स्वास्थ्यको महत्व जनमानससम्म जगाउने उद्देश्यले आयोजित यस्ता कार्यक्रमहरु, देश भरिनै संस्थाले गर्दै आइरहेको छ । 

Dental checkup (2)

हिमाल डेन्टल हस्पिटलको विशेष सहयोग र शिवपूरी गाउँपालीकाको समन्वयमा भएको यो शिविरले लगभग २०० जनाको दन्त परिक्षण एवं दाँत सफा गर्ने, दाँत भर्ने र दाँत निकाल्ने सुविधा प्रदान गरेको थियो । राजधानी नजिक भएपनि अति विकट मानिने यो ठाउँमा यस्ता शिविर विरलै हुने र यो शिविरले उपस्थित विरामीहरुमा थोरै भएपनि खुसी ल्याउने काम गरेको छ र यस्ता कार्यक्रम देश भरिनै सञ्चालन हुने र व्यापक बनाउने उद्देश्य रहेको बताउँदै संस्थाका अध्यक्ष माइकल देवकोटाले उपस्थित सहयोगी संस्थाहरु र डेन्टल सर्जन, डेन्टल हाइजेनिष्ट, डेन्टल असिस्टेन्ट सम्पूर्ण टिमलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गरिएको थियो ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...