दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

२०७४ जेष्ठ २७ गते २३:३६ मा प्रकाशित


  • हरि दुलाल ।

Hari Dulalजेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा (भिजिट भिसा )मा दुबई हिँडे तर भिजिट भिसामा खाडी मुलुक जान रोक लगाईएको छ भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमनका कर्मचारीले उनलाई प्रवेश दिएनन् र उनी विमानस्थलबाटै फर्किए तर त्यसको सात दिन पछि उनी एक लाख नेपाली रूपैयाँ दलाललाई बुझाएर सेटिङ मार्फत दुबई आए ।

त्यस्तै स्याङ्जाका कृष्ण राना गत शुक्रबार दलाल मार्फत एक लाख दश हजार तिरेर सेटिङ मार्फत रोजगारिकै लागि दुबई आएका छन् । शिवलाल र कृष्ण त केहि प्रतिनिधि पात्र मात्र हुन् , यसरी दुबईमा भिजिट भिसामा आउने र रोजगार खोज्दै हिँडेका नेपाली आजभोलि पनि यत्रतत्र भेटिन्छन् ।

मानव तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारि भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो बढेपछि गत वर्षको चैत्र देखि भिजिट भिसामा खाडी क्षेत्रका देशहरूमा नपठाउन गृहमन्त्रालयले अध्यागमनलाई निर्देशन दियो तर अहिले फेरि खाडी मुलुकहरूमा भिजिट भिसामा सेटिङ मार्फत धेरै नेपाली धमाधम आईरहेका छन् ।

नेपाल यस्तो देश भईसक्यो जहाँ नागरिक पाईला पाईलामा ठगिनु पर्छ । घुस खोरि चाकरी र नातावाद त यहाँको पर्याय जस्तै भईसकेको छ ।
नेपालमा बेरोजगारीको समस्या आज पनि व्याप्त छ । हरेक दिन सरदर पन्ध्र सयको हाराहारीमा देशका युवा रोजगारका लागि खाडी लगायत अन्य मूलुकमा लखेटिएका छन् ।
देशका झन्डै ६०लाख युवाले आज परदेशमा रगत र पसिना चुहाउदै छन् । छोटो समयमा मुलुकको तिब्र विकास गरेर यूरोपियन देशहरूकै दाँजोमा आफूलाई उभ्याउन सफल यूएईमा रोजगारका लागि अन्य देशबाट आउने कामदारहरूको पनि उतिकै लहर छ । पछिल्लो समय नेपालबाट पनि यहाँ भिजिट भिसामा आउनेहरूको संङख्या बढ्दो छ । भिजिट भिसामा ल्याएर काम लगाईदिने भन्दै धेरैले ठगि गर्ने र अलपत्र पारिदिने श्रृङखला बढेपछि र अध्यागमनकै कर्मचारीले सेटिङ मिलाउदै रकम लिने गरेको जनगुनासो बढेपछि गत बर्षको चैत देखि खाडीमूलुकमा तत्कालका लागि भिजिट भिसामा जान रोक लगाउने सरकारले निर्णय गरेको थियो तर आजभोलि फेरि सेटिङमा धमाधम मानिसहरू अन्य खाडी मूलुकसंगै यूएई पनि आईरहेका छन् ।

नागरिकले एक देशबाट अर्को देश घुमफिर गर्न पाउने अधिकारलाई प्रत्याभुति गर्दै भिजिट भिसामा अर्को मूलुक जान पाउने अधिकारको राज्यले सम्मान गरेको हो भने सम्पूर्ण प्रकृया पुग्दा पनि सेटिङ नगरि आउन लागेका नागरिक किन आज नेपालको एयरपोर्टबाटै फर्किरहेका छन् ?, सेटिङमा चर्को रकम दलाललाई बुझाएपछि अध्यागमनले किन केहि सोधपुुुुछ नगरि पठाउँछ ?, हो!, यहाँ नीर दलालले अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति रकम बुझाईरहेका छन् र अध्यागमनकै कर्मचारीको मिलेमतोमा रकम लिदै एयरपोर्टबाट सेटिङमा मानिस बिना सोधपुछ खाडीमुलुक छिरिरहेका छन् ।

नेपाली जनताको करबाट उठेको तलब भत्ता खाएर फेरि सेटिङको नाममा अध्यागमनका कर्मचारीले सिधासाधा नागरिकमाथी लुट मच्चाईरहदा सरकार र सरोकारवाला निकायले खासै चासो देखाएको पाईन्न । भिजिट भिसालाई ब्यबस्थित नबनाउँदा एकातर्फ नेपाली नागरिक ठगिने अर्को तर्फ भिजिटमा आएर विदेशी भूमिमा अलपत्र पर्ने र यूएई हुदै अन्य तेस्रो मुलुकमा दलालले नेपाली चेलिहरू पठाउने क्रम बढिरहेको छ ।

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...