आयल निगम मासिक ३४ करोड नाफामा !

२०७४ असार २ गते १७:३० मा प्रकाशित


nepal-oli-काठमाडौं, असार २ । नेपाल आयाल निगमले मासिक ? ३४ करोड नाफा कमाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ सालमा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफामा गएको हो ।

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनकाक्रममा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पेसागत इमान्दारिता, कर्मचारी एकता र संस्थागत प्रभावकारिता भएमात्र आयल निगम अगाडि बढ्ने बताए ।

उनले भने–‘कुनैपनि संस्था अगाडि बढाउने वा तल लैजाने भन्ने कुरा कर्मचारीको हातमा नै हुन्छ ।’

पूर्वउद्योगमन्त्रीसमेत रहेका जोशीले स्वदेशमा रोजगार सिर्जना गर्ने हो भने राज्यले उद्योग क्षेत्रको विकास गर्नुपर्ने बताए ।

‘देशको विकास गर्ने हो भने उद्योग क्षेत्रको विकास हुनु जरुरी छ’–उनले भने ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुँवरले लामो इतिहास बोकेको आयल निगमले गुणस्तरीय सेवा दिनुपर्ने बताए ।

उनले भने–‘देशको अर्थतन्त्रमा आयल निगमको महत्वपूर्ण योगदान रहेको छ, अझ यसलाई अगाडि बढाउनुपर्छ ।’

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले घाटामा गएको निगमले अहिले फाइदामा गएर वार्षिक रु ४० अर्ब राजस्व तिर्न सफल भएको बताए ।

युनियनका अध्यक्ष प्रदीपमान बसी, नेपाल आयाल निगम कर्मचारी संघका अध्यक्ष देवीप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय कर्मचारी संगठनका कोषाध्यक्ष बाबुराम झुला, कार्यबाहक महासचिव सन्दीप बराललगायतले कर्मचारीका कारण आयल निगम फाइदामा गएको भन्दै कर्मचारीलाई बोनसको व्यवस्था गर्नुपर्नेमा जोड दिए । रासस

You may also Like this

थप समाचार

गुन्डा नाइके दावा लामाका सहयोगी समातिए
गुन्डा नाइके दावा लामाका सहयोगी समातिए

काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा बिहीबार पक्राउ परेका छन् । उनलाई ...

नेयमारले आगामी खेल गुमाउन सक्ने
नेयमारले आगामी खेल गुमाउन सक्ने

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहर ...

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...