१२ कक्षाको बिज्ञान संकायको परीक्षाफल सार्वजनिक

२०७४ साउन २० गते ११:५२ मा प्रकाशित


exam-boardकाठमाडौं, साउन २० । कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको छ । परीक्षामा नियमित तर्फ ७९ दशमलव ४४ प्रतिशत र आशिंक तर्फ ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नियमित ४४ हजार ८ सय ९७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ३५ हजार ६ सय ६८ जना उत्तिर्ण भएका छन् । १७ जनाको परीक्षा रद्द गरिएको छ ।

यस्तै आशिंक तर्फ ९ हजार ४ सय ८९ विद्यार्थीले परीक्षा दिएकामा ४ हजार १ सय ३७ जना उत्तिर्ण भएका छन् । ३ जनाको परीक्षा रद्द गरिएको छ । गएको वैशाख १० देखि भएको परीक्षाको नतिजा सार्वजनिक भएको हो । अरु संकायको परीक्षाफल भदौ मसान्त भित्र सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक बतासले बताउनुभयो ।

You may also Like this

थप समाचार

टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)
टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला ...

सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड
सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड

१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ...

पाँच हजार विद्यालय अझै अलपत्र !
पाँच हजार विद्यालय अझै अलपत्र !

भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्।तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने ल ...

समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ
समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ

केटिएम खबरको विशेष सम्वादमा विट्स एकेडेमी तथा समसामयिक शिक्षा केन्द्रित कुराकानी गर्दै विट्स एकेडेमी उच्च मा.वी.का संस्थापक प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...