चुडामणि शर्माले बुझाए एक करोड धरौटी

२०७४ मंसिर १२ गते २०:१८ मा प्रकाशित


chudamani sharma

काठमाडौं । १० अर्ब रुपैयाँ अनियमितताका आरोपित तत्कालिन कर फस्र्योट आयोगका सदस्य चुडामणि शर्मा एक करोड रुपैयाँ धरौटी बुझाएका छन् । मंगलबार थुनछेक बयानका लागि विशेष अदालत उपस्थित भएका शर्माले एक करोड रुपैयाँ धरौटी तिरेका अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

अदालतका न्यायाधिश द्वारिकामान जोशी, रत्नबहादुर बाग्चन र नारयाणप्रसाद पोखरेलको थुनछेक आदेशले शर्मासँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो ।

स्रोतको जोहो गरेर अदालतमा उपस्थित भएका शर्माले धरौटी वापतको बैंक ग्यारेन्टी बुझाएका थिए । अब उनको मुद्दा साधारण तारेकमा अघि बढ्नेछ ।

आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का एक सदस्य उमेशप्रसाद ढकालले भने यसअघि नै जनही एक करोड धरौटी तिरेर रिहा भइसकेका छन् ।

आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिइएको भन्दै अख्तियारले शर्मालाई गत १९ जेठमा पक्राउ गरेको थियो ।

त्यसपछि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिएपछि शर्मा अख्तियारको नियन्त्रणबाट बाहिर आएका थिए ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...