छोरालाई आइन्स्टाइनको चिठी

२०७४ कार्त्तिक २७ गते १०:२६ मा प्रकाशित


Elbert-Einstine-12032017091356-1000x0

सन् १९१५ । प्रथम विश्वयुद्ध चलिरहेको थियो । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन त्यतिखेर विश्वयुद्धको चपेटामा परेको जर्मनीमा थिए । ३६ वर्षीय आइन्स्टाइन आफ्ना वैज्ञानिक खोजहरूमा व्यस्त थिए । उनीसँग छुट्टिइसकेकी श्रीमती मिलेभा आफ्ना दुई छोरा हयान्स अल्बर्ट आइन्स्टाइन र एडवार्ड ‘टेटे’ आइन्स्टाइनका साथ तुलनात्मक रूपमा सुरक्षित मानिएको अस्ट्रियाको भियनामा बस्थिन् । त्यसै वर्ष आइन्स्टाइनले आफ्नो विख्यात सापेक्षताको सिद्धान्तको प्रतिपादन गरेका थिए । यसको प्रतिपादनको लगत्तै उनले भियनामा रहेका आफ्ना ११ वर्षीय छोरा हयान्स अल्बर्टलाई पत्र लेखेका थिए । यो निकै छोटो पत्रमा उनले केही व्यक्तिगत र केही बृहत् कुरा छोरालाई लेखेका छन् । 

 प्रिय अल्बर्ट !

तिमीले पठाएको प्यारो चिठी हिजो पाएर म ज्यादै खुसी भएको छु । तिमीले मलाई अब कहिल्यै चिठी लेख्दैनौ कि भन्ने सोचेर म डराइरहेको थिएँ । म जुरिक आएको बेला तिमीले असहज महसुस गरेको बताएका थियौ । त्यसैले अब कतै जाँदा हामी दुवै सँगै जानु राम्रो होला भन्ने मैले सोचेको छु । त्यो कुनै शान्त ठाउँ होस् जहाँ कसैले हाम्रो आनन्दमा दखल दिन नसकोस् । म त अझ के भन्छु भने हरेक वर्ष हामीले कम्तीमा पनि एक महिना सँगै बिताउनुपर्छ । यसो गर्न पाए तिमीले पनि थाहा पाउने थियौ कि तिम्रो बुवाले तिमीलाई कति माया गर्नुहुन्छ । तिमीले मसँग धेरै राम्रा र सुन्दर कुराहरू पनि सिक्न पाउने थियौ, जुन अरूले सजिलै सिकाउँदैनन् । मैले कडा मिहिनेत गरेर जे चिज प्राप्त गर्न सकेको छु त्यो अपरिचित मानिसहरूका लागि मात्रै हुनु हुँदैन, यो प्राप्ति मेरा छोराहरूका लागि झन् विशेष हुनुपर्छ । हालै मैले आफ्नो जीवनको सबभन्दा सुन्दर काम गरेको छु । तिमी अलि ठूलो भएपछि म यसबारे तिमीलाई बताउनेछु । 

तिमीलाई पियानो मन परेछ । यो थाहा पाएर मलाई निकै खुसी लागेको छ । मलाई लाग्छ, तिम्रो उमेरका केटाकेटीका लागि पियानो र सिकर्मी काम सबभन्दा उपयुक्त कुरा हुन्, स्कुलभन्दा पनि उत्तम । मलाई लाग्छ, तिमीजस्ता बालकका लागि यी उपयुक्त कुरा हुन् । तिमीलाई जे मन पर्छ पियानोमा त्यही बजाऊ । शिक्षकले अर्कै चिज बजाउन दिए पनि आफूलाई मन परेको धुन बजाउनू । सिक्नका लागि सबभन्दा राम्रो उपाय यही हो । आफूलाई आनन्द आउने काम गर्दा तिमी समय बितेको पत्तै पाउने छैनौ । कुनैकुनै बेला म आफ्नो काममा यति धेरै खुसी र आनन्दित हुन्छु कि म दिउँसोको खानै खान बिर्सिन्छु...।

तिम्रो बुबा

 

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...