उपत्यकामा अझै चिसो बढ्ने

२०७४ पुस १ गते २२:३० मा प्रकाशित


काठमाडौं । काठमाडौँ सहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताए । जाडो याममा चिसो बढ्नु नौलो कुरो होइन तर यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव पनि देखिएकाले तुलनात्मक रुपमा तापक्रम घटेको र तुसारो परेको छ, उनले भने ।

मौसमविद् अर्यालको भनाइमा अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । गएराति काठमाडौँको तापक्रम माइनसमा झरेको थियो । शनिबार यो वर्षकै बढी चिसो भएको महाशाखाको भनाइ छ ।

दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले औंल्याएका छन् ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम २ दशमलब ८ र अधिकतम २१ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस चार र सबैभन्दा बढी दिपायलमा २५ डिग्री सेल्सियस रहेको छ ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...