लाखौंको गहना लगाएको बिरालोलाई कसले बनायो बन्धक, उद्दारमा पुरै गाँउ सक्रिय !

२०७३ साउन २६ गते १३:३२ मा प्रकाशित


catभारतको सबैभन्दा ठूलो राज्य राजस्थानमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । गहनाले पूरै ढाकिएको बिरालो फरार हुँदा एक परिवारका सदस्य चिन्तामा परेका छन् ।

तपाईंलाई अचम्म लाग्यो होला गहना लगाएको बिरालोबारे यहाँ कुरा गर्दा । यस घटना पछाडि यस्तो कथा छ ।

इन्डियालाइभ टुडेका अनुसार फूलारामकी श्रीमती र उनका छोरीछोरीहरु घरभित्र खेलिरहेका थिए । खेल्ने क्रममा उनीहरुले आफ्नो पाल्तु बिरालोलाई भएभरका गहना लगाइदिएर फोटोसेसन गर्ने सोच बनाए ।

‘बिरालोलाई श्रृङ्गार गर्न भन्दै ती आमाले आफ्नो नेकलेस, नथ्थी र अरु गहना लगाइदिइन्,’ नाम नबताउने सर्तमा एक गाउँलेले भने । बिरालोलाई आफ्ना भएभरका गहनाले ढाकेपछि उनीहरु फोटो खिच्न तयार भए ।

एक दुईवटा फोटो पनि खिचियो तर सुनको गहनाले सजिसजाउ बिरालो घरबाट फोटोसेसनको क्रममा एक्कासी भाग्यो ।

‘हामीलाई उक्त घटनाबारे थाहा भयो र बिरालोलाई खोज्नका लागि पूरै गाउँ उर्लिएको छ तर कतै पनि पाउन सकिएको छैन । बिरालो पातलो हावामा बिलाएझैं भएको छ,’ अर्का एक गाउँलेले थपे ।

फूलारामले पुलिसलाई यसबारे जानकारी गराइसकेको बताइएको छ । पुलिसका अनुसार गहनाको लोभले बिरालोलाई कसैले समातेर राखेको हुनुपर्छ ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...