राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

२०७५ पुस १३ गते १०:०४ मा प्रकाशित


Byakul_maila

काठमाडौँ । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ। 

उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा थिए। केही दिनयतादेखि अलि असहज महसुस गर्दैआएका राई गएराति शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए। 

विसं २००४ साल असोजमा जन्मिएका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्त पछि सामाजिक सेवामा संलग्न थिए। आर्दश र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए।

पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आएका व्याकुल माइला र उनकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै ओखलढुङ्गा प्रस्थान गरेका छन्। 

स्व राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ। स्व राईका दुई श्रीमती र व्याकुल माइलासहित तीन छोरा छन्। 

You may also Like this

थप समाचार

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक
राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौँ । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहा ...

बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी सुरु
बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी सुरु

मकवानपुर । ‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी प्रहरीले तीब्र ...

हिरासतमुक्त भए प्रदीप, उनी भन्छन, निकै दुखेपछि मैले हो भनिदिएको हुँ
हिरासतमुक्त भए प्रदीप, उनी भन्छन, निकै दुखेपछि मैले हो भनिदिएको हुँ

१२ पुष २०७५, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुन ...

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा
ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

१० मंसिर २०७५, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...