बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

२०७५ जेष्ठ २७ गते १९:५६ मा प्रकाशित


काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्रतियोगिता शनिबार सम्पन्न गरेको छ ।

7 A side foodball tournament winner pioneer public school
कपन ह्याण्डबलमा गरिएको उक्त समापन समारोहमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति काठमाडौँका अध्यक्ष ध्रुब राज न्यौपाने, बुनपा १२ का वडाअध्यक्ष शम्भु भट्टराई, बुनपा ११ का वडाअध्यक्ष राजु अधिकारी, स्थानिय नेता तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा बुनपा १२ मा रहेका विद्यालयहरु विच सेभेन ए साइड फुटबल, रिले दौड, चेस, वादविवाद प्रतियोगिता गरिएको थियो ।
टग अफ वारको पुरुष तर्फ पुष्पलाल स्कुलले उपाधि पाएको छ । मञ्जुश्री स्कुल दोस्रो भएको छ भने महिला तर्फ प्रशान्ति शिक्षा सदनले प्रथम र द्धितिय स्थानको उपाधि पाएको छ ।
रिले रेसमा प्रथम प्रशान्ति शिक्षा सदन र दोश्रो पायोनियर पब्लिक स्कुल भएको छ । वादविवाद प्रतियोगितामा पायोनियर स्कुलकी स्नेहा दाहाल प्रथम, त्रि–ज्योति स्कुलका निशान्त केसी दोश्रो भएका छन् ।
चेस तर्फ पायोनियर स्कुलका अनिल लामा प्रथम, घटराज स्कुलका संयम चौलागाई दोश्रो भएका छन् । महिला तर्फ प्रथम र द्धितिय स्थान पायोनियर पब्लिक स्कुलका सुप्रिया बुढाथोकी र स्नेहा बुढाथोकी बिजयी भए ।
चार सय मिटर दौडमा त्रि–ज्योति स्कुलका सन्जोग प्रथम, प्रशान्ति शिक्षा सदनका सुजन दियाल दोश्रो र पायोनियर पब्लिक स्कुलका बिकाश खड्काले तेस्रो स्थान हासिल गरेका छन् ।
यस्तै सेभेन ए साइड फुटबलको उपाधि पायोनियर पब्लिक स्कुलले जितेको छ । ज्ञान प्रकाश स्कुललाई १–० गोलले हराउदै उपाधि पाएको हो ।
शनिबार नै विजयी विद्यार्थी तथा स्कुललाई समापन कार्यक्रमका विच पुरस्कार वितरण गरिएको थियो भने उक्त समापन कार्यक्रमलाई राम शरण सापकोटाले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गरेका थिए ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...