अरु कुरा मात्र गर्छन, म चुनिखेलको काम गर्ने मान्छेः उम्मेदवार श्रेष्ठ (भिडियो)

२०७४ बैशाख २८ गते ०२:०० मा प्रकाशित


काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनाबी एजेण्डा सहित आफ्नो जित हुने विश्वासका साथ आफुलाई प्रस्तुत गरिरहेका छन् ।
नगरबासी तथा वडाबासीहरुका लागि पनि कुन उम्मेदवार छान्ने अथवा कसलाई भोट दिने ? भन्ने विषयमा केन्द्रित रहिरहेका छन् । विशेष रुपमा स्थानिय निकायको निर्वाचनलाई केन्द्रित गरेर केटिएम खबरले पनि विशेष सहभागीता मुलक कार्यक्रम तथा सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
चुनावी रौनकतामा रहेका पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारीको औचित्यका विषयमा उम्मेदवारी किन ?, हिजोका दिनहरुमा नगरबासीहरुलाई के दिनु भयो ?, अबको योजना के छ ?, नगरबासीले तपाईलाई किन भोट दिने ? भन्ने सवालमा केन्द्रित रहेर काठमाडौँका नगर उम्मेदवारहरुसंग विशेष भिडियो सम्वादलाई जोड्ने प्रयास गरिरहेका छौँ ।
यसै सन्दर्भमा काठमाडौँको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ नगरपालिका नेपाली कांग्रेस वडा नं. १३ का अध्यक्ष उम्मेदवार महेन्द्र श्रेष्ठसंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

mahendra shrestha
वडावासीहरुको पहुँचमा पुग्नका लागि के कस्ता गतिविधिहरुलाई अगाडी लैजानु भईरहेको छ ?
मनोनयन दर्ता पछि हामी उम्मेदवारहरु घर–घरमा गएर मत माग्ने काम गरिरहेका छौँ । यो समयमा पनि मत माग्ने क्रममा नै छौँ ।
वडावासीहरुको प्रतिक्रिया कस्तो पाईरहनु भएको छ ?
विकासका कामहरु नेपाली कांग्रेसले अगाडी बढाएको हुनाले सबै तिरबाट राम्रो प्रतिक्रिया पाइरहेका छौँ अहिलेसम्म ।
वडावासीको मन जित्नको लागि आफ्नो घोषण पत्रलाई पनि अगाडी सार्नु भएको छ होला, के छ योजना ?
देश भरी नै पार्टीको आफ्नै घोषण पत्र छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ मा के गर्न सकिन्छ भोली दिनहरुमा र पहिला हामीले के–के गरेका थियौ भन्ने हिसाबमा आफ्नै खाका तयार गरेका छौँ । त्यही हिसाबमा अगाडी बढिरहेका छौँ ।
बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा पिछडिएको र दुर्गम भन्नु पर्छ साविकको चुनिखेल (हालको १३ नम्वर वडा) । यहाँको मुख्य समस्या भनेको बाटो हो । खानेपानिको समस्या पनि हो । अहिले खानेपानिको लागि दुई करोड रुपैया विनियोजित भएर ट्यांकि बनाउँने क्रममा छ । यहाँ हामीले धेरै विकासका कामहरु गरिरहेका छौँ । माननिय स्वास्थ्य मन्त्री गगन थापाको सांसद कोषबाट चुनिखेल सापताल सडक निर्माणमा लागिरहेका छौँ ।
अब यहाँ खानेपानि, ढल, चोक–चोकमा इटा तथा ब्लगहरु छाप्ने काम गरिरहेका छौँ । बाकि रहेका कामहरुलाई पनि निरन्तर निर्माण गर्दै काम सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ ।
बुनपा नेपाली कांग्रेस वडा नं. १३ का अध्यक्ष उम्मेदवार महेन्द्र श्रेष्ठसंगको थप कुराकानी तथा भिडियो कुराकानीका लागि तलको युटुब लिंकमा जानुहोसः

 

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...