वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु

२०७४ पुस ५ गते ०९:२० मा प्रकाशित


Birjunj

वीरगञ्ज उपमहानगरापलिका– २४ स्थित पटेल नगरमा रहेको सुपर ग्यास उद्योगमा बुधबार बिहान भीषण आगलागी भएको छ ।

बिहान सवा ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरीका अनुसार आगलागीमा परी २ जनाको ज्यानसमेत गएको छ। यद्यपी उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन।

आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ। आगलागीको कारण खुल्न सकेको छैन।

आगलागी फैलँदै गएपछि नियन्त्रण बाहिर छ। ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान नसकिरहेको प्रहरीले जनाएको छ। विश्वकर्मा सिमेन्ट उद्योग नजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यासे बुलेट पनि जलेर नष्ट भएका छन्।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि आगो निभाउन सकेका छैनन्।

वीरगन्जका प्रमुख जिल्ला अधिकारी बिनोद प्रसाद सिंहले तत्काल आगो नियन्त्रणमा लिन नसकिएको बताए। सामान्य दमकलले आगो नियन्त्रण लिन नसकिने भएकाले छिमेकी मुलुकबाट अत्याधुनिक दमकल मगाउने तयारी भइरहेको सिंहले बताए। ‘पानी फाल्ने दमकलले आगो नियन्त्रणमा लिन नसकिने भएकाले छिमेकी मुलुक भारत र एयरपोर्टबाट पम्प फाल्ने बारूण यन्त्र ल्याउने तयारी भइरहेको छ,’ उनले भने, हाम्रो दमकलका अपरेटरलाई समेत चोट लागेको छ। मानवीय क्षतिसमेत भएको छ।’

उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागी भएका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका छन्। प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको छ।  ग्यास बुलेट पड्किएको आवाज परेसम्म सुनिएको छ। यसैबीच सुरक्षाकर्मीले स्थानीयलाई घर छोडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्रहरीले आफ्ना घरपालुवा जनावरसहित सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...