सबैभन्दा महंगो कफी ‘कोपि लुवर्क’, बिरालोको दिसाबाट बनाइन्छ

२०७४ भदौ २७ गते १६:५७ मा प्रकाशित


coffeee_2काठमाडौं, भदौ २७ । संसारमा सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’लाई मानिन्छ ।


बोटमा पाकेको कफिलाई ‘एसियन पाम सिभेट’ जातको जंगली बिरालोले खाएर बिस्ट्याएपछि सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’ बनाउने गरिन्छ ।

‘पाम सिभेट’ बिरालोले पाकेको कफीको दाना बोटमै चढेर खाने गर्दछ तर पचाउन सक्दैन । पचाउन नसकेर दिसामार्फत निकालेको उक्त कफीको दाना सबैभन्दा महंगोमा विक्रि हुने गर्दछ ।

उक्त बिरालो एशियाली मुलुकमा मात्र पाइने भएकोले विश्वभर अति नै स्वादिलो मानिने ‘कोपि लुवर्क’ कफी भारत, इन्डोनेसिया, बंगलादेशलगायत देशबाट अरव मुलुक र युरोप निर्यात हुने गर्दछ ।

भारतीय सन्चारमाध्यम ुपिटिआइुका अनुसार भारतको कर्नाटक राज्यमा यस कफीको दानालाई ३२ हजार देखि ४० हजार रुपैयाँ प्रति किलोमा विक्रि हुने गर्दछ । एशियामा ‘कोपि लुवर्क’ कफी पाइने भारत तेस्रो मुलुक हो । विशेषगरी यस कफिको मुख्य बजार अरव मुलुक र युरोपलाई मानिन्छ ।

 

सबैभन्दा महंगो मानिने यस कफीको उत्पादन, प्रशोधन र निर्यात भारतको ‘कूर्ग कन्सोलिडेटेड कमोडिटिज फार्म’ले गर्ने गर्दछ ।

जंगल नजिकै सयौं एसियन पाम सिभेट जातको जंगली बिरालो पालेको उक्त फार्मले ‘ऐन्मने’ ब्रान्डमा विदेशी बजारमा निर्यात गर्दै आएको छ । उक्त फार्मका संस्थापक नरेन्द्र हेब्बारले सिभेट जातका बिरालोले बोटमै गएर आँफै पाकेको कफीको दाना ९चेरी० खाने र प्राकृतिक रुपमै बिरालोको पाचन प्रणालीमा रहेको एकप्रकारको ‘इन्जाइम’ले कफीको स्वाद परिवर्तन हुने बताए ।

ुएनिमलपोष्टुका अनुसार एसियन पाम सिभेट जातको जंगली बिरालोले एकप्रकारको सुगन्धित वासना निकाल्ने गर्दछ । विश्वमा यस जातको विरालोबाट सुगन्धित सेन्ट तथा अन्य उत्पादन हुने भएकोले चोरी निकासि बढेको उल्लेख गरेको छ । -एजेन्सी

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...