‘प्रथम विपुल कप’ आजबाट सुरु

२०७५ भदौ १४ गते २१:०४ मा प्रकाशित


काठमाडौँ । नयाँबस्ति, जोरपाटीमा रहेको विपुल शिक्षा निकेतनको आयोजनामा अन्तर विद्यालय सिक्स ए साइड फुटबल प्रतियोगिता विपुल कप आजबाट सुरु भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको रमबल खेल मैदानमा आजबाट सुरु भएको हो।

bipul cup
खेलकुदको माध्यमबाट बिद्यालयहरुका बीचमा सौहार्दताको वातावरण निर्माण गर्नुको साथै बिद्यार्थी भित्र रहेका क्षमता प्रतिभा प्रस्फुटन गराउदै खेल क्षेत्रमा दक्ष र प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस भन्ने उदेश्य सहित आयोजना गरिएको उक्त प्रतियोगितामा कुल ४० टिम सहभागी रहेका छन्।

बिहिबार बिहान भएको उद्घाटन सत्रको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपाल रहेकी थिइन् भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता मनोज ढुंगाना , प्याब्सक अध्यक्ष बाल कुमार गुरुङ प्राक्सिस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल, गेन्द्र लामा, भेनस पब्लिक स्कुलका निर्देशक नेत्र दाहाल। भेनस कलेजका प्रमुख कृष्ण गौतम बाल संसार स्कुलका प्रिन्सिपल तेज बहादुर राइ,मिल्कि वे स्कुलका प्रिन्सिपल राजेश घिमिरे लगायत बिभिन्न बिद्यालयका शिक्षक प्रतिनिधि खेलाडी र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सभाध्यक्षता बिपुल शिक्षा सदनका प्रिन्सिपल मोहन अधिकारीले गरेका थिए।

उक्त प्रतियोगिताको उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपालले प्रतियोगिताको सफलताका लागि शुभकामना ब्यक्त गरेकी थिइन्। उनले विद्यार्थीहरुको मानसिक, शारीरिक तथा चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको बताउदै खेलकुदको जग भनेको नै बिद्यालयस्तर बाट उत्पादित खेलाडी भएको बताइन। उनले पढाइको साथ् साथै खेलकुदलाइ पनि संगै लिएर जानु पर्ने बताउदै गोकर्णेश्वर नगरपालिकाले खेल मैदान बनाउन पहल गरिरेहको जानकारी गराएकी थिइन् ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष एबम नगर प्रवक्ता मनोज ढुंगानाले आयोजकलाइ धन्यबाद दिदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए। उनले हरेक समाजमा रहेका बालबालिका तथा युवाहरूमा विभिन्न खेलप्रति रूचि रहेको हुन्छ । राम्रो प्रतिभा, क्षमता हुँदा हुँदै पनि अवसरको अभावमा ती प्रतिभाहरू दबिएर ओझेल परेर रहेका हुन्छन् उनीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्ता कार्यक्रमले सहयोगी भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै भेनस पब्लिक कलेजका प्रमुख कृष्ण गौतमले आयोजकलाइ धन्यवाद दिदै यस्ता प्रतियोगिताबाट विद्यालयहरु विचमा आपसी सम्बन्ध बढ्नुको साथै विद्यार्थीहरुमा रहेको फुटबल कलाको विकासमा थप मद्धत पुग्ने बताए। उनले बिभिन्न प्रतियोगिता मार्फत बिद्यालय स्तरमा लुकेर बसेको प्रतिभालाई विकास र अवसर प्रदान गर्ने मुख्य हेतुले प्रतिभा खोज्ने र उनीहरुलाई अवसर दिने कार्य गरिरहनु पर्ने बताए। उनले कार्यक्रमको सफलता को शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै प्याब्सकका अध्यक्ष बालकुमार गुरुङले आयोजकलाइ धन्यवाद दिदै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए। उनले बिद्यार्थीको चौतर्फी विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने धारणा ब्यक्त गरेका थिए कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका कि उप प्रमुख शान्ती नेपाल र वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता मनोज ढुंगानाले रेफ्रीलाइ बल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरेका थिए।

आज भएको पहिलो उद्दघाटन खेल आयोजक विपुल शिक्षा सदन र अरुणोदय माध्यमिक बिद्यालय बीच भएको थियो । उक्त खेलमा आयोजक विपुल शिक्षा सदनले अरुणोदय माध्यमिक बिद्यालयलाइ २-१ गोला अन्तरले पराजित गरेको छ। निकै नै रोमान्चक बनेको उक्त प्रतियोगिताको पहिलो गोल अरुणोदय माध्यमिक बिद्यालय गरेका थियो। १ गोल ले पछि परेको विपुल शिक्षा सदनले खेललाइ सुधार गरेको थियो। एक गोलले पछि परेको विपुल शिक्षा सदनका खेलाडी सुशान्त तामांगले गोल गर्दै खेललाइ बरवारिमा ल्याएका थिए । पुन विपुल शिक्षा सदनका खेलाडी सुसान्त तामाङले थप गोल गर्दै टिमलाइ अर्को चरणमा प्रवेश गराएको छ ।

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...