बिग ब्यासः फेरी चम्किए सन्दिप

२०७५ पुस १२ गते १८:३० मा प्रकाशित


pp

पुष १२ - अस्ट्रेलियामा जारी बिग ब्यासमा भएको आजको खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट प्रर्दशन रह्यो । मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दिपले आज सिड्नी सिक्सर्सबिरुद्धको खेलमा २ विकेट लिन सफल भएका छन् । उनले चार ओभरको बलिङमा १८ रन खर्च गरेर दुई विकेट लिएका हुन् । मेलबर्नले पहिले बलिङ गर्ने निर्णय गरेको खेलमा सन्दिपले पहिलो ओभरमा मात्र ६ रन दिए ।

यसैगरी व्यक्तिगत दोस्रो ओभरको दोस्रो बलमा नै उनले विकेट लिए ।उनले हेनरिक्सलाई ९ रनमा आउट गरे भने मात्र २ रन दिए ।व्यक्तिगत तेस्रो ओभरमा सन्दिपले दोस्रो विकेट लिँदै टम कर्रनलाई मात्र २ रनमा एलबीडब्लु आउट गरे र अन्तिम ओभरमा नौ रन दिए ।

लिगको तीन चरणको खेल चलिरहँदा सन्दिप कुल ७ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनीपछि सिड्नी थन्डरका ड्यानियल साम्सले ६ र एडिलेड स्ट्राइकर्सका रासिद खानले ५ विकेट लिएका छन् । यसरी हेर्दा सन्दिपको दबदबा आजको खेलमा पनि रहेको छ ।

You may also Like this

थप समाचार

पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका चर्चित गीत गाउने लोकगायक लामिछानेको निधन
पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका चर्चित गीत गाउने लोकगायक लामिछानेको निधन

पौष १३, काठमाडौं –  लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो । भक्तपुरको च ...

नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो
नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४५ पैसाले बढेको हो। ...

गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो
गुगल डुओ एपः एक अर्ब डाउनलोड भयो

एजेन्सी । गुगलको मेसेजिङ एपका लागि यो वर्ष न् २०१८ खासै सुखद रहेन । किनकी गुगलले यहीँ वर्ष आफ्नो मेसेजिङ एप बन्द गर्ने घोषणा ...

बिग ब्यासः फेरी चम्किए सन्दिप
बिग ब्यासः फेरी चम्किए सन्दिप

पुष १२ - अस्ट्रेलियामा जारी बिग ब्यासमा भएको आजको खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट प्रर्दशन रह्यो । मेलबर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...