विनयीको दोश्रो पुस्तक ‘विद्यार्थी जनआन्दोलन डायरी ०६२–६३’ सार्वजनिक (फोटोफिचर)

२०७५ असोज २४ गते १८:४५ मा प्रकाशित


Bibek Binayee-janaandolan dayari (6)

काठमाडौँ । कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलका प्रिन्सिपल विवेक विनयीले आफ्नो दोश्रो पुस्तक ‘विद्यार्थी जनआन्दोलन डायरी ०६२–६३’ सार्वजनिक गरेका छन् ।

Bibek Binayee-janaandolan dayari (4)
शनिबार चाबहिलमा रहेको एवान पार्टी प्यालेसमा ‘विद्यार्थी जनआन्दोलन डायरी ०६२–६३ सार्वजनिकीकरण कार्यक्रम’ को आयोजना गर्दै पुस्तक सार्वजनिक गरिएको थियो ।

Bibek Binayee-janaandolan dayari (3)
छहारी पब्लिकेसनबाट प्रकाशन गरिएको उक्त पुस्तकलाई पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पुस्तकको लोकार्पण गरेका थिए ।

Bibek Binayee-janaandolan dayari (2)
सार्वजनिकीकरण कार्यक्रममा पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा संसदीय दलको उपनेता सुभाषचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष डिके ढुंगाना, प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली लगायत विभिन्न शिक्षाकर्मी, समाजसेवी, राजनीतिकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Bibek Binayee-janaandolan dayari (1)
पुस्तकमा ०६२–६३ सालको जनआन्दोलनमा लाग्दा भोगेको र देखेको आन्दोलनको विविध पक्ष समेटिएको छ ।

Bibek Binayee-janaandolan dayari (5)
१९ दिने आन्दोलनका बेला लेखक विनयी स्नातकोत्तर तहमा अध्ययनरत थिए । विद्यार्थीको रुपमा आन्दोलनमा होमिएका विनयी आन्दोलनको पाचौँ दिन प्रहरीको लाठी चार्जमा परेर सख्त घाइते हुन पुगेका थिए ।

Bibek Binayee-janaandolan dayari (7)
पुस्तक मार्फत देशको युगन्तकारी परिवर्तनका लागि युवा विद्यार्थीले खेलेको भूमिकालाई देखाउने प्रयास गरिएको लेखक विनयीले बताए ।

विनयीको सहलेखनमा पहिलो पुस्तक ‘स्वयं मुल्यांकन’ बजारमा आइसकेको छ ।

You may also Like this

थप समाचार

एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?
एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?

एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सु ...

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...