भूकम्पबाट मृत्यु हुनेको संख्या ९० पुग्यो

२०७४ भदौ २५ गते १७:४३ मा प्रकाशित


earthquake_1मेक्सिको, भदौ २५ । मेक्सिकोमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९० पुगेको त्यहाँको सरकारले जनाएको छ ।


दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्पबाट कम्तिमा दुई सय जना घाइते भएका थिए । भूकम्पका कारण ताबास्को, ओआखाका र चियापास राज्य बढी प्रभावित भएका छन् ।

भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ ।

मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो ।

यसैबीच भूकम्प प्रभवित क्षेत्रको पुनर्निर्माणका लागि बर्षौं समय लाग्ने मेक्सिकन सरकारले जनाएको छ । ठूलो मात्रामा भौतिक सम्पत्ति नाश भएका कारण पुननिर्माणमा समय लाग्ने बताइएको छ । एजेन्सी

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...