चुनिखेलको विकास निर्माणमा समर्पित छुः वडा अध्यक्ष उम्मेदवार श्रेष्ठ (भिडियो)

२०७४ बैशाख २८ गते २३:४८ मा प्रकाशित


काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनाबी एजेण्डा सहित आफ्नो जित हुने विश्वासका साथ आफुलाई प्रस्तुत गरिरहेका छन् ।
नगरबासी तथा वडाबासीहरुका लागि पनि कुन उम्मेदवार छान्ने अथवा कसलाई भोट दिने ? भन्ने विषयमा केन्द्रित रहिरहेका छन् । विशेष रुपमा स्थानिय निकायको निर्वाचनलाई केन्द्रित गरेर केटिएम खबरले पनि विशेष सहभागीता मुलक कार्यक्रम तथा सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
चुनावी रौनकतामा रहेका पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारीको औचित्यका विषयमा उम्मेदवारी किन ?, हिजोका दिनहरुमा नगरबासीहरुलाई के दिनु भयो ?, अबको योजना के छ ?, नगरबासीले तपाईलाई किन भोट दिने ? भन्ने सवालमा केन्द्रित रहेर काठमाडौँका नगर उम्मेदवारहरुसंग विशेष भिडियो सम्वादलाई जोड्ने प्रयास गरिरहेका छौँ ।
यसै सन्दर्भमा काठमाडौँको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ नगरपालिका मओवादी केन्द्रका वडा नं. १३ का अध्यक्ष उम्मेदवार भाई नारायण श्रेष्ठसंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

vai narayan shrestha
वडावासीहरुसंग कसरी पुगिरहनु भएको छ ?
वडावासीहरुसंग विहान ६ बजे देखि बेलुका ९ बजेसम्म एकदम कार्यकर्ता र जनताहरुसंगको भेटघाट तिव्रता दिईरहेको छु ।
आफ्ना योजनाहरु के छन् चुनिखेलवासीहरुको हकमा ?
चुनिखेलको जनताले मैले हिजो गरेका कामहरुलाई नै लिएर अहिले मुल्यांकन गरिरहनु भएको छ । भुकम्प आउँदा आफुले गरेको सहयोग, आफु नागरिक वडा मञ्चमा बसेर जुन त्यहा भित्रि जनतालाई आफुले सरकारी निकायबाट आफुले गर्न सक्ने हरेक क्षेत्रबाट गरेको सेवाको आधारमा अहिले जनताले मलाई राम्रो किसिमको मुल्यांकन गरिरहँनु भएको छ ।
अन्य दलका उम्मेदवारहरु पनि चुनाबी माहोलमा केन्द्रित छन्, यो मानेमा भाई नारायण श्रेष्ठलाई किन भोट दिने ?
मेलै हिजो गरेका कामहरुलाई हेरेर जनताहरु अहिले मसंग नजिक हुनुहुन्छ । अर्को कुरा विकास निर्माणमा म अडिक भएर खट्ने, विकास निर्माणका कामहरुमा जोड दिएर गर्ने भएको हुनाले जनताले विकास गर्ने मान्छे हो, विकास गर्ने नेता हो र चुनियो भने चुनिखेललाई सहज रुपमा विकास निर्माणमा अगाडि बढाउँन सकिन्छ भन्ने सोच विकासका साथ जनताले मलाई साथ दिएका छन् अहिले ।
बुढानिलकण्ठ नगरपालिका माओवादी केन्द्रका वडा नं. १३ अध्यक्ष उम्मेदवार भाई नारायण श्रेष्ठसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...