यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता

२०७५ मंसिर ५ गते ०९:५४ मा प्रकाशित


 

nepali note

नवलपरासी — बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो —अन्तबाट बसाइँ आउनेलाई भत्ता । 
बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ ।
साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । 
गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरले भने, जग्गाधनी पुर्जा भएकाहरुसमेत खेतवारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व घट्यो, बस्ती रित्तिँदै गयो । 
सबै वडाध्यक्षको सल्लाहमा गाउँसभाबाट भएको निर्णय सुनाउँदै उनले भने, नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौँ । गाउँपालिकाको आम्दानी बढ्दै गए भत्ता पनि बढाउँदै लैजाने योजना उनले बताए । 
पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन । रोजगारी छैन, गाउँमा बस्न कोहि मान्दैमान्दैन, उनले भने । 
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार वडा नं. २ को डेढगाउँमा बसाइँसरी आउनेलाई २५ हजार र वडा नम्बर ४ रुचाङ, ५ को बोबोक,  ६ को नरममा बसाइँसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने निर्णय भएको छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ । 

You may also Like this

थप समाचार

नगरपालिकाको पाचौँ स्थापना दिवसको अवसरमा ह्याण्डबलमा भोली ‘सांस्कृतिक मेला’ हुने
नगरपालिकाको पाचौँ स्थापना दिवसको अवसरमा ह्याण्डबलमा भोली ‘सांस्कृतिक मेला’ हुने

२१ मंसिर, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा मंसिर २२ गते शनिबार (भोली) ‘सांस्कृतिक मेला’ ...

रिलायवलले गर्यो नुवाकोटमा नेतृत्व ‘व्यावसायीक क्षमता विकास’ एक दिने प्रशिक्षण
रिलायवलले गर्यो नुवाकोटमा नेतृत्व ‘व्यावसायीक क्षमता विकास’ एक दिने प्रशिक्षण

१६ मंसिर, नुवाकोट । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, नुवाकोट साखाको आयोजनामा ‘व्यावसायीक क्षमता विकास’ ए ...

विभागले सिस्टम दुरुपयोग गरी बिक्री गरेका लाईसेन्स रद्द
विभागले सिस्टम दुरुपयोग गरी बिक्री गरेका लाईसेन्स रद्द

१० मंसिर २०७५, काठमाडौं । यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेका सवारीचालक अनुमतिपत ...

यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता
यस्तो गाउँ जहाँ बसाइँसरी जानेले पाउनेछन् ३० हजार भत्ता

  नवलपरासी — बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो —अन्तबाट बसाइँ आउनेलाई ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...