अस्ट्रेलियालाई पराजित गर्दै बंगलादेशले रच्यो नयाँ इतिहास

२०७४ भदौ १४ गते १५:०७ मा प्रकाशित


bangladesh_1१४ भाद्र, ढाका । बंगलादेशले अस्ट्रेलियाविरुद्ध इतिहासमा पहिलो पटक जीत दर्ता गरेको छ । ढाकामा जारी पहिलो टेस्टमा बंगलादेशले २० रनको रोमाञ्चक जीत हासिल गरेको हो ।

जीतका लागि २६५ रनको लक्ष्य पाएको अस्ट्रेलिया मात्र २४४ रनमा सिमित बन्दै हार बेहोर्न पुग्यो ।

चौँथो दिनको खेल २ विकेटको क्षतिमा १०९ रनको स्थितिमा शुरुवात गरेको अस्ट्रेलियाले डेभिड वार्नरको शतकको मद्दतले १५८ रनसम्म पुर्याए पनि त्यसपछि लगातार विकेट गुमाउन पुग्यो ।

वार्नर ११२ रन बनाएर आउट भएपछि अस्ट्रेलियाली पारीको पतन शुरु भएको थियो ।

अस्ट्रेलियालाई सस्तोमा समेट्न प्लेयर अफ द म्याच शाकिब अल हसनले ५ तथा तइजुल इस्लामले ३ विकेट लिए ।

खेलको अन्त्यतिर प्याट कमिन्सले ३३ रन तथा नाथन लियोनले १२ रन बनाउँदै अस्ट्रेलियालाई जीतको झिनो आशा दिलाए पनि जीत दिलाउन सकेनन् ।

हसनले खेलमा १२ विकेट लिँदै ८९ रनको योगदान दिए ।

अब दोस्रो टेस्ट सेप्टेम्बर ४ बाट चितागोङमा हुनेछ ।

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...