बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी सुरु

२०७५ पुस १३ गते ०९:२७ मा प्रकाशित


Ram-bahadur-Bamjan

मकवानपुर । ‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी प्रहरीले तीब्र पारेको छ । उनीहरु बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो ।

हराएकाहरुबारे परिवारसँग विस्तृत रुपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको प्रहरी उपरिक्षक बुद्विबहादुर गुरुङले बताए । 

‘बम्जन अहिले सिन्धुलीस्थित आश्रममा रहेको अपुष्ट जानकारी आएको छ,’ उनले भने । बाराको हलखोरियामा तपस्या सुरु गरेका बम्जनको सिन्धाुपाल्चोकको बाँडेगाउँ, सर्लाहीको पत्थरडाँडा, लमजुङ र सिन्धुलीमा तपस्यास्थल रहेको प्रहरीको भनाई छ ।

हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भन्ने फुलमाया रुम्बा २०७१ सालदेखि हराएकाले खोजी गरिदिन भाइ विजय रुम्बाले बुधबार जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिएका थिए ।

मकवानपुरको पदमपोखरी वनस्पतिका महेन्द्र वाइवाले पनि बाबु सञ्चालन वाइबा बम्जनकै तपस्यास्थलबाट बेपत्ता भएको भन्दै बुधबारै उजुरी दिएका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

You may also Like this

थप समाचार

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक
राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौँ । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहा ...

बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी सुरु
बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी सुरु

मकवानपुर । ‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएका आनीहरुको खोजी प्रहरीले तीब्र ...

हिरासतमुक्त भए प्रदीप, उनी भन्छन, निकै दुखेपछि मैले हो भनिदिएको हुँ
हिरासतमुक्त भए प्रदीप, उनी भन्छन, निकै दुखेपछि मैले हो भनिदिएको हुँ

१२ पुष २०७५, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुन ...

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा
ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

१० मंसिर २०७५, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...