वाम गठबन्धन टुट्दैनः प्रचण्ड

२०७४ पुस १ गते २३:४१ मा प्रकाशित


puspa kamal dahal prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनले ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै टुट्न नदिने प्रतिवद्धता जाहेर गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले शनिबार गरेको चियापान कार्यक्रममा अध्यक्ष दाहालले वाम गठबन्धनलाई जनताले नै अनुमोदन गरिसकेकाले पार्टी एकता जनअनुमोदित भएको बताए।

निर्वाचनमा वामगठबन्धनले प्राप्त गरेको ऐतिहासिक सफलताले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गरी विकासको नया युग तर्फ लैजाने विश्वास दाहालले व्यक्त गरे।

उनले नेपाल राष्ट्रको स्थायीत्व र सुशासन कायम गर्ने दृष्टिले वामगठबन्धनको सफलता ऐतिहासिक कोशेढुङा भएको दाबी गरे।

लामो समयदेखि विभाजनबाट गुज्रिएको कम्युनिष्ट आन्दोलनलाई एक गर्दै मुलुकलाई राजनीतिक स्थायीत्व दिनका लागि गरिएको पार्टी एकता र त्यसले प्राप्त गरेको विजय एमाले र माओवादी केन्द्रको फ्युजन भएको भन्दै त्यसलाई कसैले विर्सन नहुनेमा पनि उनले सचेत गराए।

निर्वाचनमा प्राप्त गरेको ऐतिहासिक सफलताले नयाँ प्रक्रिया र युगको सुत्रपात गरेको भन्दै उनले समाजवादको नयाँ आधार निर्माण गर्ने अवसर छुट्न नदिने प्रतिवद्धता पनि जाहेर गरे।

अध्यक्ष दाहालले नयाँ परिवेश र नयाँ जनादेश अनुसार मुलुक अब सम्वृद्धि र शुसासन तर्फ उन्मुख भएको उल्लेख गरे।

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...