बाढीबाट ४०० जनाको मृत्यु, ६०० बेपत्ता

२०७४ भदौ २ गते १७:३५ मा प्रकाशित


seralione२ भदौ । सियरा लियोनमा करिब एकहप्ता यतादेखि जारी रहेको बाढी र पहिरोमा परी कम्तीमा पनि ४०० जनाको ज्यान गएकोे अन्तर्राष्ट्रिय रेडक्रस समितिका एकजना अधिकारीले जनाएका छन् ।


हप्तादिन अघिदेखि सियरा लियोनमा बाढी आएको छ । कतिपय स्थानमा पहिरो खसिरहेको बताइएको छ । गत मंगलबार नै बाढीबाट ज्यान गुमाउनेको संख्या २०० जना पुगिसकेको थियो । त्यसलगत्तै त्यहाँ हप्तादिनसम्म राष्ट्रब्यापी शोक सप्ताहको घोषणा गरिएको छ ।

ठूलो झरी र अविरल वर्षाका कारण गत सोमबारदेखि देशका धेरै ठाउँमा पहिरो गएको छ । कैयौँको पहिरोमा परी मृत्यु भएको छ । अझैपनि करिब ६०० जना बेपत्ता भएका छन् ।

हजारौं व्यक्ति घरबारविहीन भएका कारण मृत्यु भएकालाई श्रद्धाञ्जलि व्यक्त गर्न र उद्धारका लागि भन्दै उक्त शोक सप्ताहको घोषणा गरिएको हो ।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा देशभरका सबै कार्यालय तथा विदेशमा रहेका सियरा लियोनका सबै कूटनीतिक नियोगमा रहेका राष्ट्रिय झण्डा १६ देखि २२ अगस्टसम्म आधा झुकाइने बताइएको छ ।

गरिबी व्याप्त रहेको यस पश्चिम अफ्रिकी मुलुकको राजधानी फ्रिटाउनको बाहिरी ग्रामीण इलाकामा गत सोमबारदेखि परेको लगातारको ठूलो झरीका कारण धेरै क्षेत्रमा पहिरो गएको छ ।

सियरा लियोनको आकस्मिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार बेपत्ता व्यक्तिको खोजीका लागि ठूलो संख्यामा उद्धारकर्मी खटाइएको छ ।

त्यस्तै, वर्षा र पहिरोका कारण कम्तीमा तीनहजार मानिस घरबारविहीन भएको सियरा लियोनस्थित अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अफ्रिकी राष्ट्रहरूले विगतका केही वर्षदेखि ठूला प्राकृतिक विपत्ति व्यहोर्नु परेको थिएन । सियरा लियोनको यस घटनालाई विगतका केही वर्ष यताको सबैभन्दा भयावह विपद्को रूपमा हेरिएको छ ।

छिमेकी अफ्रिकी मुलुकहरु नाइजेरिया र केन्याका राष्ट्रपति अफ्रिकी संघका अध्यक्ष मोउसा फकी महम्मतलगायत अन्य थुप्रै अफ्रिकी राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सियरा लियोनका राष्ट्रपतिसमक्ष तत्कालै सहानुभूति व्यक्त गर्दै खाद्यान्न, लत्ता कपडा, औषधि तथा अन्य उद्धार सामग्रीहरू सहयोग गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रसका अध्यक्ष एल्दाज अस सीले जेनेभामा संवाददातारुसँग भने, ‘हामीले शुक्रबार गणना गरेका छौँ र अहिलेसम्ममा ४०० जनाको शव फेला परेको छ ।’ राससःसिन्ह्वाःएपी

You may also Like this

थप समाचार

एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?
एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?

एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सु ...

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...