एप्पलको नयाँ आइफोन बजारमा

२०७४ भदौ २८ गते १०:४० मा प्रकाशित


iphoneकाठमाडौं, भदौ २८ । विश्व प्रख्यात कम्पनी एप्पलले आफ्ना नयाँ आइफोन सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनीको मुख्यालयमा आयोजित भव्य कार्यक्रममा नयाँ आइफोन सार्वजनिक गरिएको हो ।


आइफोन निर्माणको १० औं वार्षिकोत्सवका क्रममा एप्पलले ‘आइफोन एक्स’ अर्थात ‘आइफोन १०’ का साथ ‘आइफोन ८’ र आइफोन ८ प्लस’ सार्वजनिक गरेको हो ।

एप्पलले ‘आइफोन ७’ र आइफोन ७ प्लस’ को तुलनामा ‘आइफोन ८’ र आइफोन ८ प्लस’मा निकै सुधार गरिएको दावी गरेको छ ।

हाल केही मुलुकमा यी फोनको अग्रिम बुकिङ सुविधा उपलब्ध गराइएको छ । त्यसपछि मात्र विश्व बजारमा यी आइफोन पुग्ने बताइएको छ ।

 

६४ जीबी क्षमताको आइफोन ८ को मूल्य ६९९ डलर राखिएको छ भने सोही क्षमताको आइफोन ८ प्लसको मूल्य ७९९ डलर छ ।

आइफोन एक्समा होम बटन छैन । प्रयोगकर्ताको अनुहार चिन्न सक्ने ‘फेस आइडी’ फिचरयुक्त यो फोनको माथिल्लो भागमा इन्फ्रारेड क्यामेरा छ, जसले अँध्यारोमा पनि प्रयोगकर्ताको अनुहार चिन्न सक्छ ।

आइफोन एक्सतिर प्रयोगकर्ताले हेर्नासाथ यो फोन ‘अनलक’ हुने सुविधा राखिएको छ । यो एप्पलको हालसम्मकै सबैभन्दा महँगो फोन हो । यसको मूल्य ९९९ डलरबाट सुरु हुन्छ । यसको बिक्री भने नोभेम्बरबाट सुरु हुने भएको छ ।

 

‘आइफोन ८’ र आइफोन ८ प्लस’ भने तारविना नै चार्ज हुने गरी ‘वायरलेस चार्जिङ सिस्टम’मा आधारित छन् । अहिलेसम्मकै सबैभन्दा ‘ड्युरेबल’ ग्लासयुक्त यी फोन पानी र धुलोबाट पूर्णतया सुरक्षित बनाइएको छ । यी फोनमा थ्रीडी टच र ट्रु टोन डिस्प्ले छ ।

यसअघि नै प्रयोगकर्ताले पाएको सुविधाको तुलनामा आइफोन–८ मा प्रयोगकर्ताले विशेष सुधारिएको डिजिटल अडियोको मज्जा लिन पाउने भएका छन् । -एजेन्सी

You may also Like this

थप समाचार

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

आजबाट ‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु (फोटोफिचर)
आजबाट ‘तेश्रो पिस प्वाइन्ट कप’ सुरु (फोटोफिचर)

१७ भाद्र, काठमाडौँ । कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा अन्तरविद्यालय फुटब ...

‘प्रथम विपुल कप’ आजबाट सुरु
 ‘प्रथम विपुल कप’ आजबाट सुरु

काठमाडौँ । नयाँबस्ति, जोरपाटीमा रहेको विपुल शिक्षा निकेतनको आयोजनामा अन्तर विद्यालय सिक्स ए साइड फुटबल प्रतियोगिता विपुल कप आ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...