लगातार ८० घन्टा ४ मिनेट बोलेर अनन्तरामले तोडे विश्व रेकर्ड

२०७४ असोज २३ गते ०९:०३ मा प्रकाशित


anantaram kc

काठमाडौँ । अनन्तराम केसीले लगातार ८० घन्टा ४ मिनेट बोलेर विश्व रेकर्ड आइतबार कायम गरेका छन् । यसअघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घन्टा ३२ मिनेटलाई तोड्दै केसीले ४ घन्टा ४ मिनेट बढी बोलेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम दर्ता गराएको आयोजक लायन्स क्लब अफ काठमाडौं बिहानीले जानकारी दिएको छ ।

 

असोज १९ गते बिहान ६ बजेर ५८ मिनेट देखि २२ गते दिउँसो ३ बजेर २ मिनेटमा ८० घन्टा ४ मिनेट पार गरेको समय मूल्यार्नी संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए ।

ओझाले भने, ‘उहाँ लगातार बोल्नुभएको हो । र, अब हामीले यो रेकर्ड लन्डनस्थित गिनिज बुक अफ वल्र्ड रेकर्डको मुख्य कार्यालयमा केही समय लगत्तै पठाउँछौं । त्यसपछि यसको नतिजा आउनेछ ।’

अन्तिम मूल्यार्नीकर्ताका रूपमा करातेका राष्ट्रिय निर्णायक श्याम रोका र राजनप्रसाद दाहाल थिए । ओझा एसियन कराते महासंघका अन्तर्राष्ट्रिय निर्णायक हुन् । लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिएका थिए । उनले ७७ वटा विषयमा आफ्नो भाषण प्रस्तुत गरेको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रवक्ता प्रदीप भुसालले जानकारी दिए । अन्नपूर्णपोष्ट बाट

काठमाडौंको टेक्सास कलेजको कम्युनिटी हलमा आइतबार पत्रकार सम्मेलन गरेर विश्व रेकर्डबारे जानकारी गराएको आयोजक संस्थाका अध्यक्ष नारायण रिजालले बताए । विश्व रेकर्ड कायम गरेपछि सचिवालय प्रमुख तेजु नेपालले भने, ‘समग्र लायन्स र विश्वमा बसेका नेपालीका लागि ऐतिहासिक गर्वको विषय हो । र, अब हामी उहाँलाई चिनाउन टिम परिचालन गरेर लागिपर्छौं ।’

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...