जहाँ ज्यूँदो भूतले सुनाउँछ फैसला !

२०७४ बैशाख २४ गते १६:०४ मा प्रकाशित


alive-bhoot२४ बैशाख । के तपाइँले कहिल्यै भूत देख्नुभएको छ ? नदेखेपनि भूतका कुरा त प्रसस्तै सुन्नुभएको छ होला । तर सायद ज्यूँदो भुतका बारेमा चाहीँ सुन्नुभएको छैन होला ।

पश्चिम अफ्रिकाको एउटा सानो देश बेनिनमा ज्यूँदो भुत पाइन्छ । बेनिन यस्तो देश हो जहाँबाट अप्रिmकी कालो जादू बुडुको सुरुवात भएको थियो । यहाँका इगुनगुन समुदायका मानिसहरुलाई ज्यूँदो भूत भनिन्छ । आम धारणा अनुसार यो समुदायका मानिसहरुले अन्य समुदायका मानिसहरुलाई छोएरै मारिदिन सक्दछन् । उनीहरुले जसलाई छुन्छन् त्यसको मृत्यु हुन्छ ।

यो समुदायका मानिसहरुले आफ्नो अनुहार सधै नकाबले छोप्दछन् । जुन देख्दा नै डरलाग्दो हुन्छ । यस्तो नकाव निकै भारी हुन्छ र कपडा पनि अलग देखिन्छ । यिनीहरुको पहिरन पनि निकै डरलाग्दो र अनौठो हुन्छ जसका कारण मानिसहरु देख्दै डराउँछन् ।

यो समुदायको मान्यता अनुसार यिनीहरु ज्यूँदो भूतको माध्यमबाट मरिसकेका आफ्ना पूर्वजसँग जोडिन सक्दछन् । यी ज्यूँदो भूतमा उनीहरुका पूर्वजको आत्मा आउँछ रे ।

पितृसँग जोडिनसक्ने भएकाले यो समुदायका मानिसहरुलाई गाउँमा हुने विभिन्न खाले विवादहरुमा फैसला सुनाउने जिम्मा दिइन्छ । उनीहरुमा मृत पूर्वजको आत्मा चढ्ने भएकाले उनीहरुले पूर्वज समेतको दृष्टिबाट उपयुक्त न्याय दिन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैले यिनीहरुको फैसलालाई इश्वरको सन्देश तथा अन्तिम मानिन्छ ।

यो समुदायका मानिसहरु निकै छिटो छिटो बोल्छन् र उनीहरुको बोली आम मानिसको जस्तो लाग्दैन पनि । उनीहरु ड्रम बजाएर तथा नाचेर आफ्नो जिउमा पूर्वजको आत्मा बोलाउँछन् र विवादहरुमा निर्णय सुनाउँछन् । यसलाई हाम्रो देशका धामी झाँक्री जस्तै पनि मान्न सकिँदो रहेछ । एजेन्सी

You may also Like this

थप समाचार

क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल
क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युभेन्टसको अन्डर नाइन टोलीका लागि डेब्यु खेलमा नै चार ...

सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)
सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)

काठमाडौँ । लामो समयदेखी कोरियोग्राफीमा क्रियाशिल एवं डान्स रियालीटि शो ‘आइ क्यान डान्स’का निर्णायक सागर लोप्चनले ...

रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)
रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)

काठमाडौँ । गायक सागर सेञ्चुरीको तिजको गीत ‘पुतली नाच छम्म छम्म’ बजारमा आएको छ । हरितालीका तिजको अवसरमा ल्याइएको ...

गायक सिवाकोटीको प्यारी छोरी बजारमा
गायक सिवाकोटीको प्यारी छोरी बजारमा

युरोप जस्तो अत्यन्तै ब्यस्त शहर मा रहेर पनि आफ्नो कला संस्कृति लाई जोगाई राख्न को लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...