पति वियोगले कोमा मा रहेकी पाइलट पत्नी अफसानाको मृत्यु

२०७४ चैत्र ९ गते १६:२७ मा प्रकाशित


afasana

काठमाडौंमा दुर्घटनामा परेको युएस-बंगला विमान दुर्घटनामा परी मृत्यु भएका पाइलट अविद सुल्तानकी पत्नी अफसाना खानको पनि आज बिहान ढाकाको अस्पतालमा मृत्यु भएको छ। पतिको वियोग खबर पाएसँगै अचेत रहेकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।  

Afasana with husband
नेसनल इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड हस्पिटलमा उनको मृत्यु भएको हो। दुर्घटनालगत्तै उनलाई स्ट्रोक भएपछि अस्पतालमा राखिएको थियो। आज बिहान स्थानीय समयअनुसार ९:३० बजे उनको मृत्यु भएको अस्पतालका चिकित्सक खर्सिद मोहम्मदलाई उदृत गर्दै डेलीस्टारले जनाएको छ।  

 
काठमाडौंमा भएको विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। विमान दुर्घटनामा चालक दलका सबैको मृत्यु भएको थियो। दुर्घटना पछिको आगलागीमा परी धेरैले ज्यान गुमाएका थिए। 

युएस-बंगलाको फ्लाइट बीएस २११ ढाकाबाट काठमाडौं आएको थियो। विमान ल्यान्डिङका क्रममा दुर्घटनामा परेको थियो। २६ बंगलादेशीको दुर्घटनामा निधन भएको थियो।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...