प्याब्सक प्रथम उपत्यकाव्यापी आधुनिक एकल गायन प्रतियोगिताको फाइनल राष्ट्रिय नाचघरमा सम्पन्न

२०७४ भदौ १० गते ००:३८ मा प्रकाशित


PABSAK singing compidition (16)

काठमाडौँ । निजी तथा आवासीय बिद्यालय संगठन काठमाडौ (प्याब्सक) ले आयोजना गरेको प्रथम उपत्यकाव्यापी आधुनिक एकल गायन प्रतियोगिताको फाइनल भाद्र ९ गते शुक्रबार एक भब्य समारोहका बिच राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ ।

PABSAK singing compidition (21)
भौतिक पुर्वाधार तथा यातायात राज्य मन्त्री सीता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही, नेशनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, प्रशासन सचिव सुबास न्यौपाने, नेशनल प्याब्सनका केन्द्रिय सल्लाहकार रितुराज सापकोटा, नेशनल प्याब्सन काठमाडौका अध्यक्ष बिष्णु पराजुली, विभिन्न बिद्यालयका प्रिन्सिपलहरु, प्याब्सकका पदाधिकारी, शिक्षा क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरु लगायत विभिन्न सञ्चारका सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य तथा कार्यक्रम बारे प्रकाश कार्यक्रमका संयोजक राजन श्रेष्ठले गर्नु भएको थियो ।

PABSAK singing compidition (18)
प्रतियोगिताको निर्णायक भुमिका कुन्ती मोक्तान र राजु सिङले निर्वाह गर्नु भएको थियो ।

PABSAK singing compidition (20)
प्रतियोगितामा श्रृया रिमाल (प्रेरणा बोर्डिङ स्कुल) प्रथम, निमा तेन्जी शेर्पा (प्राक्सिस इन्टरनेशनल एकेडेमी) दोस्रो, सुदेशना तामाङ (हाम्रो सन साइन स्कुल) तेस्रो, भावना सुनुवार (बिभुती प्रज्ञा निकेतन¬) चौथो, सीता थारु (बोन स्काइलार्क इन्टरनेशनल एकेडमी) पाँचौ, रुपेश तामाङ (प्राक्सिस इन्टरनेशनल एकेडेमी) छैठौं, आलोक जङ्ग थापा (शारादा एकेडेमी) सातौ, विशाल तामाङ (हाम्रो सन साइन स्कुल) आठौं, कपिल रसाइली (कान्तिपुर एकेडमी हाइ स्कुल) नवौं र दशौ आयुश्मा राई (टाइम लाइन स्कुल) भएका थिए ।

PABSAK singing compidition (13)
विजेता सबैलाई नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही, वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, रितुराज सापकोटा, बिष्णु पराजुली, बालकुमार गुरुङ लगायत अन्य अतिथिहरुबाट नगद, ट्रफी र प्रमाण–पत्र वितरण गरिएको प्याब्सका महासचिव गेन्द्र लामाले बताउनु भयो ।

PABSAK singing compidition (17)

PABSAK singing compidition (12)

PABSAK singing compidition (14)

PABSAK singing compidition (19)

PABSAK singing compidition (15)

 

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...