विश्वको शिक्षा नेपालमा लागू गर्न सम्मेलन गरिदैँ

२०७४ भदौ ९ गते १६:३४ मा प्रकाशित


sammelanकाठमाडौं, भदौ ९ । म्यानेजमेन्ट इन्टिच्युट फर नेसनल डेभलपमेन्ट (माइन्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्सएड सम्मेलन’ गर्ने भएको छ ।


माइन्ड नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रियस्तरको उच्च माध्यामिक शिक्षा प्रदायक शैक्षिक संस्था ९एड्भान्सएड०लाई नेपालमा लागू गर्न सम्मेलन गर्न लागिएको जानकारी दिएको हो ।

सम्मेलनमा माइन्ड नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल प्रधानले नेपालमा प्रथमपटक उच्च माध्यामिक एवं माध्यामिक शिक्षा समुदायमा शैक्षिक उन्नतिका लागि आगामी आइतबार काठमाडौंमा सम्मेलन गर्न लागिएको जानकारी दिए ।

सम्मेलनमा माइन्ड नेपालका प्रमुख कार्यसम्पादन अधिकृत सुजन अर्यालले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न यो सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए ।

‘उच्च शिक्षाका लागि दिनहुँ विदेशिने युवालाई स्वदेशमा शिक्षा दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेका हौं’–अर्यालले भने ।

सम्मेलनमा एड्भान्सएडका प्रमुख कार्यकारी अधिकृत डा। एन्नेटे बोह्लिङ, एड्भान्सएडका एसिया–अष्ट्रेलियाका उपाध्यक्ष डा। केम हुसैन, एड्भान्स एड एसिया–अष्ट्रेलिया क्षेत्रीय निर्देशक डा. एन्ने म्यारी उल्सेलगायतले नेपालको शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एड्भान्सएडले विश्वका ७० भन्दा बढी मुलुकमा ४० हजारभन्दा बढी उच्च माध्यामिक विद्यालय तथा माध्यामिक विद्यालयमा आफ्नो गुणस्तरीय शैक्षिक प्रणाली लागू गरिसकेको छ । जसमा दुई करोडभन्दा बढी विद्यार्थी अध्ययनरत् रहेका छन् ।

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...