‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

२०७५ पुस १८ गते १७:५३ मा प्रकाशित


काठमाडौँ, १८ पुस  : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै मनाङले लगातार १२औँ जित निकालेको हो । लिगको अन्तिम चरणमा मनाङले अब ब्रिगेड ब्वाइज क्लबसँग खेल्न बाँकी छ । 

मनाङको अपराजित यात्रामा आफिज ओलावाले र विशाल राईले एक एक गोल गरे । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई शुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५आँै मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काएका थिए । 

पहिलो हाफ एक/एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले थप एक गोल गर्न सक्यो । खेलको ६३ औँ मिनेटमा विशालले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । जितसँगै मनाङले १२ खेलबाट ३६ अङ्क जोडेको छ । 

मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितिसकेको छ । पराजित हिमालयन शेर्पा १२ खेलबाट ११ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । यसैबीच आजदेखि लिगअन्तर्गत १२औँ चरणका खेल सकिएका छन् । अब लिगमा एक चरणको मात्र खेल बाँकी छ । (रासस)

You may also Like this

थप समाचार

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ
जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन, २० पुस : पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ म ...

टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)
टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस कलेजले बिबिएस, बिबिए र बिएसडब्लुमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं ओरिन्टेशन ...

‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ
‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

काठमाडौँ, १८ पुस  : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार ...

विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली
विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...