बेलायती सरकारी फोनमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको बेलायती सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । बेलायती सञ्चारमाध्यम बीबीसी र स्काई न्यूजले चिनियाँ स्वामित्वमा रहेको भिडियो सेयर गरिने एपमाथि प्रतिबन्ध लगाउन लागेको बताएका छन् ।
सन्डे टाइम्सले गत साता साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिस गर्न सुझाव दिएको उल्लेख गरेको थियो ।
टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ । आधिकारिक उपकरणहरूमा एपको बेलायती प्रतिबन्धलाई युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले पनि पछ्याउने सम्भावना रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।