बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

२१ वर्षीय युवाले ल्याए नयाँ ई–कमर्स वेबसाइट, गर्नुहोस् आर्थिक झन्झटलाई सदैका लागि बाई बाई !


  • KTM Khabar
  • बिहिबार, बैशाख १५ २०७९
1.8K
SHARES

काठमाडौँ ।

सानो, मध्यम तथा ठुला व्यवसायीहरूका लागि नयाँ खुसीको खबर थपिएको छ । सामान्य खर्चमा समेत आर्थिक हिसाब किताबलाई छिटो, छरितो बनाउन २१ वर्षीय युवाले ल्याएको नयाँ ई–कमर्स वेबसाइटले खुसीको खबर ल्याएको हो ।

२१ वर्षका युवा सविन श्रेष्ठले पसल (PASAL) नामक ई–कमर्स वेबसाइट सुरुवात गरेका छन् । यसबाट कति सामान बिक्री भयो, कति उधारोमा गयो र नगद कति उठ्यो ? भन्ने कुराको हिसाब राख्न सहज हुनेछ ।

प्रयोगकर्ताले आफ्नो व्यवसाय जस्तै किराना, हार्डवेयर, फेन्सी, इलेकट्रोनिक पसल लगायतमा हिसाब किताबलाई वैज्ञानिक रूपमा राख्न सकिने कम्पनीका संस्थापक तथा सिइओ सविन श्रेष्ठले बताए ।

यसबाट प्रयोगकर्ताले आफ्नो व्यवसायको दैनिक वा मासिक रिपोर्ट राख्न सक्नेछन् । स्टक एनालाइसिस, बिजनेस समरी, स्क्यान गरी इन्ट्री गरेको बिल सर्च गर्ने आदि सुविधा पनि रहेको छ ।

जसले गर्दा प्रयोगकर्ताले आफ्नो व्यवसायमा हुने विभिन्न किसिमका झमेलाबाट मुक्त हुने श्रेष्ठको दाबी छ । उनले भने, ‘पसल एसएमएसको सफ्टवेयर प्रयोग गरी प्रयोगकर्ताले आफ्नो व्यवसायका सम्पूर्ण गतिविधि व्यवस्थापन गर्न सक्छन् । जसले गर्दा उनीहरूले आफ्नो व्यवसायमा हुने आयव्ययको रिपोर्ट सहजै राखेर नाफा नोक्सानबारे दैनिक जानकारी पाउँछन् ।’

यो सेवा लिनका लागि प्रयोगकर्ताले २० हजार रुपैयाँमा पसल एसएमएस सिस्टम किन्न सकिनेछ । वार्षिक रूपमा आफूलाई आवश्यक फिचरहरू हेरेर तीन हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँ शुल्कमा सफ्टवेयर लाइसेन्स नवीकरण गर्न सकिने सुविधा रहेको छ ।

त्यस्तै पसल डटकम डटएनपीको साइटमा गएर आफूलाई मन पर्ने ब्रान्डका सामान समेत खोजेर अर्डर गर्न सकिन्छ ।

आफूलाई कुनै सामान आवश्यक परेको छ । त्यसको नाम थाहा छैन भने लाइभ फोटो खिचेर वा ग्यालरीमा भएको फोटोबाट समेत सामान खरिद गर्ने वा हेर्ने सुविधा समेत पसल डटकम डट एनपीमा रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा