शुक्रबार, मंसिर १६ २०७९
ताजा अपडेट

जोसेफको ‘दीक्षान्त समारोह’ सम्पन्न (फोटोफिचर)


  • KTM Khabar
  • मंगलबार, चैत्र १९ २०७५
46.9K
SHARES

१९ चैत २०७५, काठमाडौं ।
बूढानिलकण्ठ नगरपालिका वडा नम्वर १०, मिलनचोकमा रहेको जोसेफ हाई स्कुल र इन्टरनेशनल जोसेफ पब्लिक स्कुलले प्राथमिक तहको दीक्षान्त समारोह सम्पन्न गरेको छ ।


चैत्र १८ गते सोमबार जोसेफ हाई स्कुलको प्रांगणमा प्राथमिक तहका विद्यार्थीहरुलाई दीक्षित गर्दै उक्त दीक्षान्त समारोह सम्पन्न गरेको हो ।


राष्ट्रिय सभाकी सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भु भट्टराई, स्कुल व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी, अभिभावक एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमकी प्रमुख अतिथि एवं राष्ट्रिय सभा सदस्य कोमल वलीले एसकेजीदेखि कक्षा आठसम्मका विद्यार्थीहरुलाई दिक्षित प्रमाण–पत्र र दीक्षान्त टोपी लगाई दीक्षित गरेकी थिइन् ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं राष्ट्रिय सभाकी सदस्य वलीले विद्यार्थीहरुको चौतर्फी विकासमा समर्पित जोसेफको अझ प्रगतीको कामना व्यक्त गर्दै दीक्षित विद्यार्थीहरुलाई बधाई समेत दिएकी थिइन् ।


यस्तै दीक्षान्त समारोहमा बोल्दै जोसेफ हाई स्कुलका फाउण्डर, प्रिन्सिपल सुर्य बहादुर अधिकारीले दीक्षित हुने विद्यार्थीहरुलाई बधाई दिँदै समय–सापेक्ष शिक्षा प्रदान गर्न जोसेफ प्रतिवद्ध रहेको विश्वास व्यक्त गरेका थिए ।


कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन समेत प्रस्तुत गरेका थिए ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा