२ भदौ । यसै वर्ष उत्तर प्रदेशका मुख्यमन्त्री बनेका योगी आदित्यनाथलाई ‘ज्यान मार्ने धम्की’ आएको छ। दिल्ली प्रहरीलाई फोन गरेर एक व्यक्तिले मुख्यमन्त्री आदित्यानाथको ज्यान मार्ने धम्की दिएको भारतीय समाचारमाध्यमले जनाएका छन्।
दिल्ली प्रहरीले उत्तर प्रदेशका सहकर्मीलाई यसबारे जानकारी दिएका छन्।
उनीहरुले दिएको जानकारी अनुसार प्रहरी नियन्त्रण कक्षमा साँझ ५ बजे एक प्रहरी अधिकृतको ल्याण्डलाइनमा फोन आएको र मुख्यमन्त्री आदित्यनाथलाई मार्ने धम्की दिएर फोन काटिदिएको मिलेनियम पोस्टमा उल्लेख छ ।
समाचारमा उल्लेख भएअनुसार ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ मार्फत् प्रहरी नियन्त्रण कक्षमा फोन अज्ञात व्यक्तिले फोन गरेको थियो। धम्की कसैले जिस्काउने वा तर्साउने मनस्थितिले दिएको निष्कर्ष प्रहरीले निकालेको छ।
धम्क्याउने व्यक्तिले ‘आदित्यानाथलाई बचाउने भए १ घण्टा समय छ’ भनेर धम्की दिएको प्रहरीले जनाएका छन्। फोन बिहीबार स्थानीय समय ३ बजेर १० मिनेट जाँदा आएको थियो।
यस घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...
काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...
सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...