यसपाली फेरी आउछौ रे दाजै (कविता)

२०७४ बैशाख १३ गते १०:०७ मा प्रकाशित


Dharma Raj Rimal

  • धर्मराज रिमाल


यसपाली फेरी आउछौ रे दाजै
हाम्रो भेट हुन्छ रे दाजै
गाउँघरमा यस्तै कुरा चल्छन आजभोलि

तिमी आउछौ रे, ठुलो बाजागाजा सहित
धेरै जन्ती अनी हसिलोअनुहार सहित
हात जोड्दै बाआमालाई भेट्छौ रे
सन्चो बिसन्चो सोध्छौ रे
नातागोता छरछिमेक
इष्टमित्र सबै खोज्छौ रे

परारै पनि आथ्यौ, हातमा स(साना थैलो बोकी
गहभरी आशु अनी मनभरी माया बोकी
बस्ने छाप्रो लडेको थियो,
घरपरिवार ठुलो शोकमा परेको थियो
भन्थ्यौ, शोकलाई शक्ती बनाउनुपर्छ
दुस्खपिडा भुलाई रमाउनुपर्छ
मैले रुदै मेरो दाजै भन्दा
तिम्ले अँगालोमा कस्दै बाबै भन्याथ्यौ

दिन हप्ता महिना गर्दै बर्ष बिते,
बुढा बाआमा एकोहोरो तिम्लाई सम्झिरहन्थे
चिसो पुषमाघआयो
चैते हावाहुरी आयो
असार साउनझरी आयो
ति सबै सबै निर्दयी थिए
मौका छोपीछोपी मेरो छाप्रोमा आए
तर, तिमी त हाम्रो आफ्नो थियौ
आत्मिय आफन्त थियौ
न चिसोमा आयौ, न हुरीमा आयौ
न त बर्खा झरीमा आयौ

दाजै,
तिम्रो दयामाया पनि मौसमी रैुछ
लोभ र पापमा टुसाउने
बेइमानीमा फुल्ने
मौका पर्दा, फाईदाहुँदा मगमगाउने
पिडा पर्दा ओईलाउने
तिम्रो माया, कहिले फुल्छ कहिले फल्छ
पत्तै नहुने

यसपाली फेरी आउछौ रे दाजै
हाम्रो भेट हुन्छ रे दाजै

You may also Like this

थप समाचार

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै
राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र रा ...

राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै
राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै

काठमाडौँ । प्रसुन संगित विद्यालयको आयोजनामा शनिबार मेट्स कल्चरल शो शनिबार(भोली) राष्ट्रिय नाचघर, जमलमा मध्यान्ह बाह्र बजेबाट ...

रविले ल्याए तिता मिठा सम्झनाले
रविले ल्याए तिता मिठा सम्झनाले

काठमाडौँ । गायक रवि बज्रचार्यले पप गीत 'तिता मिठा सम्झनाले' को म्युजिक भिडियो रिलिज गरेका छन् । युटुबबाट रिलिज गरिएको उक्त ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...