विश्व बैंक भन्छ, बाढीपहिरोले नेपालको आर्थिक वृद्धिदर खस्किन सक्छ

२०७४ असोज २ गते ११:५३ मा प्रकाशित


w bankकाठमाडौं, असोज २ । गत साउनको अन्तिम साता तराई र मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण आर्थिक वृद्धिदर खस्कने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको नेपाल डेभलपमेण्ट अपडेटमा तराईमा बाढी र डुबानले गर्दा यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने भएको छ । चालू आवमा वृद्धि खुम्चिएर ४।६ प्रतिशत हुने अनुमान बैंकले गरेको हो ।

बैंकको अनुमानअनुसार सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने देखिएको हो । चालू आर्थिक वर्षका लागि सरकारले ७।२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

संघीय संरचनामा बजेट कार्यान्वयन चुनौतीपूर्ण देखिएको भन्दै बैंकले केन्द्रबाट स्थानीय तहमा पठाइएको बजेट व्यवस्थापनका लागि आवश्यक कानूनी र नीतिगत व्यवस्था गर्नसमेत आग्रह गरेको छ।

तराईमा बाढी र डुबानले कृषिमा ठूलो क्षति गरेको, उपभोगमा कमी र वैदेशिक रोजागारमा जानेको संख्यामा आएको कमीले विप्रेषण आप्रवाह वृद्धि दर घट्दै गएका कारण आर्थिक वृद्धि कम हुने विश्व बैंकका अर्थशास्त्री सुधुम्न दाहालले बताए।

उनले बाढी र त्यसपछिको डुबानले ६४ हजार हेक्टर क्षेत्रफलमा धानबालीमा क्षति पुगेको एक खर्ब रुपैयाँ बढी नोक्सान भएको प्रारम्भिक अनुमान गरेको छ ।
तीन तहको निर्वाचनपछि मुलुक संघीयता कार्यन्वयन सुरू भएपछि वित्तीय असन्तुलन बढ्ने अनुमान गरिएको छ । यो वर्ष असन्तुलन बढेर ४।३ प्रतिशत पुग्ने दाहालको भनाइ छ । -रासस

You may also Like this

थप समाचार

किवानिज क्लव अफ लुम्बिनीको नेतृत्वमा मल्ल
किवानिज क्लव अफ लुम्बिनीको नेतृत्वमा मल्ल

नवलपरासी । वालवालिकाको क्षेत्रमा काम गर्ने अत्राष्ट्रिय सस्था किवानिज क्लव अफ लुम्विनिको अध्यक्षमा वाशुदेव मल्ल चययन हुनु भए ...

बुनपामा माओवादी केन्द्रका नेता अर्याल सहित दुइ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश
बुनपामा माओवादी केन्द्रका नेता अर्याल सहित दुइ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाका माओवादी केन्द्रका नेता सञ्जय अर्याल सहित दुई दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा बुधबार प् ...

समस्यामा अर्जेन्टिना
समस्यामा अर्जेन्टिना

काठमाडौँ । फुटबलको ठूलो प्रतिस्पर्धामा विश्वका उत्कृष्ट खेलाडी लियोनल मेस्सी नहुने कुरा अस्वीकार्य हुन्छ । तर विश्वकप छनौटमा ...

लगातार ८० घन्टा ४ मिनेट बोलेर अनन्तरामले तोडे विश्व रेकर्ड
लगातार ८० घन्टा ४ मिनेट बोलेर अनन्तरामले तोडे विश्व रेकर्ड

काठमाडौँ । अनन्तराम केसीले लगातार ८० घन्टा ४ मिनेट बोलेर विश्व रेकर्ड आइतबार कायम गरेका छन् । यसअघि भारत गुजरातका आश्विन सुं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...