विश्व बैंकले दमकमा पाँच अर्ब लगानी गदैँ

२०७४ भदौ १४ गते ११:५८ मा प्रकाशित


babankदमक, भदौ १४ । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करीब पाँच अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

दमकको भौतिक तथा पूर्वाधार विकासका लागि पाँच अर्ब रुपैयाँ लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्षभित्रमा योजनाको अध्ययन र छनोटसमेत गरेर करीब पाँच अर्ब रुपैयाँ बराबरको लगानी गर्ने बताए ।

उनले त्यसका लागि प्रारम्भिक चरणका तयारी तीव्रताका साथ सञ्चालनमा रहेको बताए। ‘हामीले यतिका परियोजना ल्याउनका लागि आवश्यक सबै तयारी एकैसाथ थालेका छौँ” नगर प्रमुख ओलीले भने, – ‘अब दमकमा यस परियोजनाबाट यहाँको हरेक क्षेत्रमा विकासले फड्को मार्ने छ ।’

उनले परियोजना सञ्चालन गर्नका लागि सरोकारवाला पक्षहरूसँग आवश्यक सुझावसहित अन्तरक्रिया सञ्चालनमा रहेको समेत जानकारी दिए । आयोजनाको प्राविधिक पक्ष सिमेका–विम–होमल्याण्ड जेभी कन्सल्ट्याण्टले सहजीकरण गरी आएको नगरपालिकाले जनाएको छ । नगरपालिका र प्राविधिक संस्थाले महिना दिनदेखि परियोजनाका बारेमा छलफल सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाका अनुसार दमकका सबै वडाबाट योजना छनोट गरेर तीमध्ये महत्वपूर्ण तीनवटा योजनाको भने डिपिआर नै तयार हुनेछ । योजना छनोटमा दमकमा शिक्षा, स्वास्थ्य, नदी नियन्त्रणलगायतका विषय समावेश हुनेछन् ।

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले लगानी गर्ने पूर्वका प्रमुख चारवटा नगरपालिकाको अध्ययन गरी योजना छनोट गरिने अध्ययन टोलीका प्रमुख अजयचन्द्र लालले जानकारी दिए । रासस

You may also Like this

थप समाचार

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत
राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष् ...

माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)
माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)

काठमाडौँ । पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तर विद्यालय वादविवाद प्रतियोगित ...

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?
ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...