सलमानले किन लिए यस्तो निर्णय ?

२०७४ भदौ ९ गते १३:२७ मा प्रकाशित


salman९ भाद्र । बलिउड स्टार सलमान खान निकै मित्रवत् छन् । उनी अन्य स्टारहरुसँग सकभर सम्वन्ध बिगार्न चाहँदैनन् । हालै उनले यसैको एउटा उदाहरण प्रस्तुत गरे ।

करण जौहरसित मिलेर सलमानले सारागढी युद्धमा आधारित फिल्म बनाउने तयारी गरेका थिए । यस फिल्ममा अक्षय कुमारलाई मुख्य भूमिकामा खेलाउने तय भएको थियो । तर, जब सलमानलाई थाहा भयो कि अर्का अभिनेता अजय देवगणले पहिले नै सारागढी युद्धमाथि फिल्म बनाउने घोषणा गरिसकेका रहेछन् । त्यसपछि उनले करणसँग मिलेर फिल्म बनाउने सोच त्यागिदिए ।


स्मरणीय के छ भने करण र अजयबिच पहिलेदेखि नै सम्वन्ध राम्रो थिएन । उनीहरुको एउटा फिल्म सँगै रिलिज भएर जुधेका थिए । सलमानलाई लाग्यो कि अहिले फेरि एउटै विषयवस्तुमा दुवैले फिल्म बनाउँदा पछि समस्या निम्तिन सक्छ । सारागढी युद्धको विषयमा फिल्म बनाउने घोषणा पहिले अजयले गरेका हुनाले उनी पछि हट्न तयार भए । उनले अजयसँग आफ्नो सम्वन्ध विगार्न चाहेनन् ।

यही विषयमा हालै अजयले एक अन्तरवार्तामा भने, ‘सलमानले सारागढी युद्धको विषयमा फिल्म बनाउने छैनन् । उनी बाहेक अरु कसैले यो विषयमा फिल्म बनाइरहेको मलाई जानकारी छैन । म यो फिल्म बनाइरहेको छु तर यसमा मलाई अलिकति समय लाग्नेछ । यसलाई म एकदम ठूलो स्तरमा बनाउनेछु । यसका लागि मलाई कम्तिमा २ वर्षको समय चाहिन्छ । यदि अरु कोही सारागढीमाथि फिल्म बनाउँछ र मेरोभन्दा अगाडि रिलिज गर्छ भने मलाई कुनै आपत्ति छैन ।’ एजेन्सी

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...